काभ्रे– बीपी राजमार्गको रोशी गाउँपालिका वडा नं ११ स्थित पिप्लेमा सुख्खा पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ। शुक्रबार बिहान करिब ३ :०० बजेको समयमा सुख्खा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको हो।
प्रहरीका अनुसार सोही ठाउँको पहिरोमा खोटाङबाट काठमातर्फ आउँदै गरेको ना१ज ६८१७ नम्बरको सुमो गाडीको अगाडिको भाग पुरिएको छ। त्यस्तै सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ४३५२ नम्बरको बसलाई रोशी खोलाले बगाएर २० मिटर तल पुर्याएको तर, दुवै दुर्घटनामा कुनै पनि मानवीय क्षति भने नभएको काभ्रे प्रहरीले जनाएको छ।
नमोबुद्ध तेमाल हुँदै बीपी राजमार्गको मंगलटार जाने कच्चीसडक खण्ड र रोशी-११ पिप्लेस्थित बीपी राजमार्गमा अहिले पनि सुख्खा पहिरो झरिरहेकोले सडक पूर्ण रुपमा अवरुद्ध भएको र राजमार्बाट तत्कालका लागि यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ।