काठमाडौं– पोखरामा राँगोले हानेर एक जनाको मृत्यु भएको छ।
Advertisement
पोखरा महानगरपालिका-३३ गैरीगाउँका ३७ वर्षीय धनन्जय आचार्यको आफ्नै दाजुको भैंसी फार्ममा राँगाले हानेर मृत्यु भएको हो।
फार्मबाट भैँसी चराउन गएका आचार्य साँझसम्म पनि नफर्किएपछि खोजी गरिएको थियो। प्रहरी चौकी भरत पोखरी कास्कीबाट खटिएको प्रहरी टोलीसहित स्थानीयले उनको शव राँगाले हानेर क्षतविक्षत पारेको अवस्थामा फेला पारेका हुन्।
पोखरा १७ बिरौटामा बस्दै आएका आचार्य थिए जनचेतन माविमा अध्यापन गर्थे।