Advertisement
भरतपुर महानगरका वडा सभापतिहरूले आगामी चुनावमा मेयर नपाए विद्रोह गर्ने चेतावनी दिएका छन्।
भरतपुरका २९ मध्ये २५ जना वडा सभापतिले यस्तो चेतावनी दिएका हुन्। महानगरको मेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार उठाइनुपर्ने उनीहरूको माग छ।
पार्टीको चितवन जिल्ला कार्यालयमा भेलामार्फत उनीहरूले यस्तो निर्णय गरेका हुन्। केन्द्रले अरू नै दललाई मेयरको उम्मेदवार बनाए वडा–वडामा स्वतन्त्र उम्मेदवारी दिएर विद्रोह गर्ने चेतावनी उनीहरूले दिएका छन्। आफ्नो निर्णय उनीहरूले कांग्रेस जिल्ला सभापति राजेश्वर खनाललाई बुझाएका छन्।