काठमाडौं- भुम्लु गाउँपालिका–१० थापा टोलस्थित कुखुरा फर्ममा पर्सा वीरगंज महानगरपालिका–१९ घर भई भएका ३२ वर्षीय मुस्तुफा आलम शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
कपिलवस्तु, यशोधरा गाउँपालिका–१ तितिर्खा बस्ने ६५ वर्षीय बिक्रम तेली सोही ठाउँस्थित जमुवार खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सिन्धुली, गोलन्जोर गाउँपालिका–३ मुर्किबेसीस्थित सुनकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।