• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर


    Avatar photo
शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित

काठमाडौं- नमोबुद्ध नगरपालिका–५ ल्हासकोटका धनकुमार लामाले अविरल वर्षाका कारण गएको बाढीपहिरोले बाटो टुटेपछि पसलमा भएको सामान सबै रित्तिसकेको बताए । दसैँ पर्व नजिकिँदै गर्दा घरमा खानालाउनसमेत समस्या रहेका नागरिकका लागि तत्काल बाटो खुलाएमा सहजता हुने उनको अपेक्षा थियो ।

Advertisement

रोशी गाउँपालिका–७ थान्सिङबेँसीस्थित अमरनाथ प्राविका शिक्षिका अनिता गौतमले तत्कालको समस्या बाटो, खाद्यान्न र सञ्चार भएकाले राज्यले त्यसमा पहिला ध्यान पुर्याउन आवश्यक रहेको बताए । बाटो नै नभएपछि नागरिक खाद्यान्न र राहतलगायतका समस्यामा रहेको उनले सुनाउए । रोशी गाउँपालिका–७ कै अर्का स्थानीय लोकनाथ गौतमले बाढीपहिरोबाट बढी क्षति हुनुको कारण खानी तथा क्रसर भएको भन्दै अबका दिनमा राज्यले अवैध उद्योगलाई नियमन गर्नुपर्ने बताए ।

असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिराले गाउँबस्तीदेखि सडक, पुल र विद्युत्को पोल ढालेपछि अहिले यातायात, विद्युत् र सञ्चार सेवा टुटेको छ । विपद्मा परेर धेरैले ज्यान गुमाउनेदेखि घाइते भएर धेरै मानिस अस्पतालमा उपचाररत छन् । सडकमा यात्रा गरेका यात्री बीच बाटोमा अलपत्र परेर गन्तव्यमा पुग्न अहिले पनि भोकभोकै कठिन यात्रा गर्दैछन् ।

बाढीपहिराका कारण यहाँका नागरिक जीवन कष्टकर बन्दै गएको छ । त्यस्तै कष्टकर जीवन जिउन बाध्य हुनेमा रोशीखोला आसपासका धेरै नागरिक छन् । यहाँका पसलमा उपलब्ध चाउचाउ र बिस्कुट पनि किन्न सक्ने अवस्था छैन । त्यसो त पसलेले नयाँ सामान ढुवानी गरेर बेच्न सक्ने अवस्था पनि छैन । रोशीमा गएको बाढीपहिराले बिपी राजमार्गका विभिन्न खण्डमा क्षति पुर्याएपछि दैनिक हजारौँको सङ्ख्यामा गुड्ने सवारीसाधन अहिले ठप्प छ । राजमार्गका दर्जनौँ ठाउँमा बाढीले कटान गरी क्षति पुर्याएको छभने अधिकांश ठाउँमा पुरिएको अवस्था छ ।

बिपी राजमार्ग अहिले सुनसान छ । राजमार्गमात्र सुनसान छैन, त्यस आसपासका बस्तीमा समेत सुनसान छाएको छ । बाढीपहिराले सडक, विद्युत्को पोल, खानेपानी पाइपलगायत भौतिक संरचना ध्वस्त बनाएपछि अहिले सो क्षेत्रका नागरिकलाई खाद्यान्न, बिजुली, सञ्चार र स्वास्थ्योपचारमा समस्या परेको छ । त्यस्तै बाढीले रोशीखोला आसपासमा रहेका सयौँ रोपनी खेतीयोग्य जमिनसँगै लगाएको बालीसमेत बगाएको छ ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बाढीपहिरोका कारण बाटो, विद्युत् र सञ्चार टुटेकाले समुदाय र पालिकाबीचको सम्बन्ध नै टुटेको अवस्था रहेको बताए । यस्तो अवस्थाकै बीचमा पनि पहिलो प्राथमिकता खोज तथा उद्धारमा दिएको र सँगसँगै अवरुद्ध बाटो खुलाउनेदेखि राहत तथा स्वास्थ्योपचारमा केन्द्रित भएर काम गरिरहेको उनले बताए । पूर्व जाने छोटो दूरीको राजमार्गलाई दसैँ अगाडि नै खुलाउनेगरी वैकल्पिक मार्ग निर्माणको कामलाई अगाडि बढाएको उनले बताए । एकातिर विपद्मा परी नागरिक घाइते र पीडामा छन् भने अर्कातिर खाद्यान्न अभाव र बिरामी परेका नागरिकले समयमा नै उपचार नपाएर आक्रान्त बनेका छन् ।

सडक डिभिजन कार्यालय भक्तपुरका कर्मचारी चन्द्रबहादुर लामाले सडक खुलाउन निरन्तर आफूहरू स्काभेटरलगायत उपकरणसहित अस्थायी रूपमा वैकल्पिक बाटो बनाउने क्रममा रहेको बताए । अहिले बिपी राजमार्गको काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका चौकीडाँडाबाट रोशी गाउँपालिका–१२ को बर्खिखोला सिन्धुलीको सिमानासम्मको करिब २० किलोमिटर सडकका विभिन्न स्थानमा अस्थायी वैकल्पिक मार्ग निर्माण गर्न हेलिकप्टरमा इन्धन ढुवानी गरी काम गरिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । पछिल्ला तीन दिनमा मङ्गलटारबाट बुलढुङ्गासम्म चार किलोमिटर बाटो बनिसकेको जनाइएको छ ।

सडक, विद्युत् र सञ्चार सम्पर्क टुटेको जिल्लाका विकट क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका तथा कोशीपारिको भुम्लु र चौँरीदेउराली गाउँपालिकाले क्षति पुगेको सडकखण्ड मर्मत गरी सवारीसाधन सञ्चालनका लागि काम अगाडि बढाएको छ । महाभारत गाउँपालिकाको जनमुक्ति लोकमार्गको चारकिल्ला भूमिचुली–राजबास हुँदै बिपी राजमार्ग जोड्ने र चारकिल्ला गाउँपालिका केन्द्र देवीटार गोकुले खण्डसम्म खोल्ने प्रयास जारी रहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । खानीखोला गाउँपालिकाले पालिका केन्द्र तालढु्गाबाट जिल्ला सदरमुकाम जोड्ने सडकखण्डअन्तर्गत खोपासी–तालढुङ्गा सडक खुलाउने प्रयास भइरहेको अध्यक्ष इन्द्रबहादुर थिङले बताए । बिपी राजमार्गको धुलिखेल–भकुण्डे–चौकीडाँडा र काभ्रेभञ्ज्याङ–फूलबारी–नमोबुद्ध–दाप्चा सडकखण्ड सञ्चालन भइसकेको उनले जानकारी दिए ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घाइते र समस्यामा परेकाहरूको अझै उद्धारको काम जारी रहेको बताए । त्यससँगै सर्वदलीय बैठक, सहयोगी निकायलगायतसँग बैठक बसी विभिन्न १० वटा क्लस्टर निर्माण गरी खानेपानी, स्वास्थ्य, खाद्यान्न, कृषि, बाटो, बिजुली, सञ्चारलगायत क्षेत्रमा काम गर्नका लागि आवश्यक निर्देशन दिइसकेकामा सोहीअनुसार काम अगाडि बढेको बताए । जिल्लाका पनौती नगरपालिका, रोशी गाउँपालिका, तेमाल, बेथानचोक, चौँरीदेउराली गाउँपालिका र मण्डनदेउपुर नगरपालिका अतिप्रभावित क्षेत्र रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.