Advertisement
अख्तियारले पाँच लाख रुपैयाँ घुससहित भूमिसुधार तथा मालपोत कार्यालय, धनुषाका निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) सुनीलकुमार झालाई पक्राउ गरेको छ।
जग्गासम्बन्धी हक साफी मुद्दाको फैसला सुनाएवापत सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस माग गरिरहेको सूचना र उजुरीका आधारमा अख्तियारको बर्दिवास कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
उनलाई जनकपुरको भानुचोकबाट सोमबार बिहान नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। अख्तियारले उनीमाथि अनुसन्धान अगाडि बढाएको छ।