काठमाडौं- व्यस्त शहरी जीवनशैलीले मानिसहरूमा तनाव एवं थकान बढाइरहेको छ। यसले छालालाई समेत असर गरिरहेको हुन्छ।
तनावको प्रत्यक्ष असर अनुहारमा देखिन्छ जसले डन्डिफोर र छाला चाउरीजस्ता समस्या देखिन्छन्। यो मौसममा चल्ने हावाहुरीले धुलो उडाएर ल्याउने हुँदा अनुहारमा सबैभन्दा पहिला पर्न जान्छ। यस्तो वेला छाला सुक्खा हुने हुन्छ।
गर्मी सिजनमा चर्को घाम र धुलोले अन्य भागका छालामा समेत एलर्जी हुन सक्छ। यस्ता एलर्जी निकै हानिकारक हुन्छन्। यसबाट बच्नुपर्छ। एलर्जी भएमा चिकित्सकसँग परामर्श नगरी जथाभावी औषधि प्रयोग गर्नुहुँदैन। जथाभावी औषधि प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर समस्या आउन सक्छ।
यी हुन् छाला जोगाउने तरिका
– बाहिरबाट घर आएपछि फेसवास वा क्लिन्जिङ गर्ने। नुहाएपछि नरिवलको तेल लगाउने। अनुहार धोएपछि मस्चराइजर लगाउने।
– हावाहुरी चल्ने मौसममा छाला सुक्खा हुन नदिने। छाला जोगाउन शरीर ढाकेर घरबाहिर निस्कने। नियमित मस्चराइजर लगाउने। जेल बेस मस्चराइजर अर्थात् सन ब्लक प्रयोग गर्ने।
– सुक्खा छाला छ भने क्रिम बेसमा मस्चराइजर प्रयोग गर्ने।
– गर्मी मौसममा धेरै तातोपानीले ननुहाउने। मनतातो पानी प्रयोग गर्ने।
– छालामा समस्या देखिए छालारोग विशेषज्ञसँग परामर्श लिने।
– राति सुत्ने बेला मुख धोएर सधैं मस्चराइजर लगाउने।
– मानसिक र शारीरिक रूपमा सन्तुष्ट र खुशी रहने। नियमित व्यायाम गर्ने। व्यायामले पसिनामार्फत शरीरका विकारबाहिर निकाल्छ। शरीर ऊर्जाशील र अनुहार सफा बनाउँछ।
– खानपानमा विशेष ध्यान दिने। फलफूल खाने, पर्याप्त पानी पिउने।