काठमाडौँ । भारतको झारखण्डको देवघर त्रिकुट पर्वतमा केबलकार ठोक्किएको छ । घटनामा दुई जनाको मृत्यु भएको छ ।
Advertisement
भारतीय सञ्चार माध्यमका अनुसार घटनालगत्तै सेना, वायुसेनालगायतको टोलीले उद्धार गरिरहेको छ । सोमबार बिहानदेखि हेलिकप्टरबाट उद्धार शुरु गरिएको छ ।
घटना भएको २० घण्टापछि १२ भक्तजनको उद्धार गरिएको छ । यस्तै, ट्रलीमा ३६ जना फसेका छन् । तारका कारण उद्धारमा कठिन भइरहेको छ ।
वायुसेनाका तीन वटा हेलिकप्टरले उद्धार गरिरहेको छ । आइतबार साँझ करिब ४ बजे दुर्घटना भएको समाचार जनाइएको छ ।
घटनामा १८ वटा ट्रलीमा ४८ श्रद्धालु हावामा झुण्डिरहेका छन् । दुर्घटनामा १२ जना घाइते भएको समाचार जनाइएको छ ।