• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

हाइटी हिंसामा कम्तीमा तीन हजार ६६१ जनाको मृत्यु: संयुक्त राष्ट्रसङ्घ


    Avatar photo
शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित

काठमाडौं- संयुक्त राष्ट्रसङ्घले हाइटीमा जारी हिंसामा यस वर्ष तीन हजार ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ ।

Advertisement

उत्तर अमेरिकाको सबैभन्दा गरिब मुलुक हाइटीमा व्याप्त हिंसा र अराजकताले यहाँको शिक्षा र स्वास्थ्य प्रणालीलाई प्रभावित बनाएको छ ।

आफूलाई विद्रोही भनेर चिनाउने गिरोहले राजधानी पोर्ट–ओ–प्रिन्स कब्जा गरेको छ । हाइटीमा सन् २०२४ को पहिलो छ महिनामा करिब छ लाख मानिस विस्थापित भएका छन् भने २९५ महिला र ६३ बालबालिकासहित एक हजार २८० जना घाइते भएका राष्ट्रसङ्घीय मानवअधिकार कार्यालय (ओएचसीएचआर) ले जनाएको छ ।

त्यस अवधिमा २५ जना बालबालिकासहित कम्तीमा ८९३ जनालाई राजनीतिक सङ्कट र कमजोर राज्य सत्ताले छोडेको शून्यतामा सत्ताका लागि होडबाजी गरिरहेका आपराधिक समूहहरूले अपहरण गरी फिरौतीका लागि बन्धक बनाएका थिए ।

‘यस वर्षको जनवरीदेखि अहिलेसम्म कम्तीमा तीन हजार ६६१ जनाको मृत्यु भएको छ,’ संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयको पछिल्लो तथ्याङ्कमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त भोल्कर तुर्कले भने, ‘यस मूर्खतापूर्ण अपराधका कारण अब कुनै पनि व्यक्तिको ज्यान गुमाउनु हुँदैन ।’

ओएचसीएचआरले हाइटीका अधिकारी र अन्तर्राष्ट्रिय समुदायलाई क्यारेबियाली टापुका मानिसहरूको सुरक्षाका लागि थप कदम चाल्न आग्रह गरेको छ।

गिरोहले यस वर्ष आफ्नो कार्यप्रणाली परिवर्तन गरेको बताइएको छ ।

केही पीडितहरू अन्धाधुन्ध चलेका गोली लागि मारिएका थिए भने अन्यलाई अधिकारीहरूलाई जानकारी दिएको वा गिरोहका गतिविधिहरूको विरोध गरेको आरोपमा दिनदहाडै मृत्युदण्ड दिइएको थियो।

’तीमध्ये केहीको शरीरलाई धारिलो हतियारले क्षतविक्षत पारेर जलाइएको थियो।

प्रतिवेदनमा भनिएको छ, गिरोहहरूले समाजमा डर पैदा गर्न र जनसङ्ख्यालाई आफ्नो वशमा लिन वा नियन्त्रण गर्न दृश्यहरूको छायाङ्कन गरी सामाजिक सञ्जालमा व्यापक रूपमा सार्वजनिक गरेका थिए ।

प्रतिवेदनमा गिरोहले ‘दण्डित गर्न, डर फैलाउन र जनङ्ख्यालाई वशमा पार्न’ यौन हिंसाको प्रयोग जारी राखेको उल्लेख गरिएको छ ।

पोर्ट–ओ–प्रिन्समा प्रहरी कारबाही र गस्तीका क्रममा कम्तीमा ८६० जनाको मृत्यु हुनुका साथै ३९३ जना घाइते भएका छन् जसमा कम्तीमा ३६ जना बालबालिका रहेका छन् । गिरोहले ठूलो सङ्ख्यामा बालबालिकालाई पनि आफ्नो समूहमा भर्ती गरेको छ ।
हाइटीमा अनुमानित १६ लाख मानिसले आपतकालीन स्तरको खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।

सन् २०२३ को अक्टोबरमा संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्ले केन्याको नेतृत्वमा बहुराष्ट्रिय स्थिरीकरण बललाई हाईटीको प्रहरीलाई सहयोग गर्न पठाउने अनुमति दिएको थियो ।

केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार संयुक्त राष्ट्रसङ्घको महासभामा आफ्नो देशले दुई हजार ५०० सदस्यीय बहुराष्ट्रिय सुरक्षा सहायता मिसन (एमएसएस) को तैनाती जनवरीसम्ममा पूरा गर्ने बताएका छन् ।

 

शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.