• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

पोखरामा विश्व पर्यटन दिवस मनाइयो


    Avatar photo
शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित
काठमाडौं- पर्यटन राजधानी पोखरामा ४५औँ विश्व पर्यटन दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । यहाँस्थित पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरी दिवस मनाएका हुन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले लगातार वर्षा भइरहे पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइएको बताउँदै कार्यक्रम भने केही प्रभावित भएका जानकारी दिए ।
परिषद्ले आज पोखरा विमानस्थलबाट पहिलो उडानमार्फत यहाँ आउने पर्यटकलाई स्वागत गर्ने तयारी गरेको थियो । लगातारको वर्षाका कारण उक्त कार्यक्रम गर्न नसकिएको परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिए ।
प्रत्येक वर्ष विश्व पर्यटन दिवसका अवसरमा पोखरामा हवाई र स्थल मार्गबाट आउने पर्यटकलाई पोखरामा स्वागत गर्दै विभिन्न प्याकेजसमेत उपलब्ध गराउने गरिएको छ । परिषद्ले आजै पर्यटन र शान्ति विषयमा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरेको छ ।
साथै नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्रभल्स एजेन्टस् (नाट्टा) गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ४५ युनिट रगत सङ्कलन गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले जानकारी दिए ।
नाट्टा गण्डकी प्रदेशका तर्फबाट आजै स्थलमार्गबाट पहिलो पर्यटक सवारीसाधनमा यहाँ आउने पर्यटकलाई स्वागत एवं सम्मान गर्न लागिएको उनले बताए ।
कार्यक्रमका अवसरमा नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले पोखराको लेकसाइडबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म पर्यटक सवारीसाधन सहितको ¥याली प्रदर्शन गरेको छ । ¥यालीमा ६० वटा पर्यटक सवारीसाधन सहभागी गराइएको एनटिभिए गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए ।
पोखरामा लगभग चार सय ५० को सङ्ख्यामा पर्यटक सवारीसाधनले सेवा प्रवाह गरिरहेका बताउँदै उनले नयाँ इम्बोष्ड नम्बरका नाममा यसको पहिचान हराउन नहुने सन्देश प्रवाहका लागि पनि ¥याली आयोजना गरिएको जानकारी दिए ।
दिवसको पूर्वसन्ध्यामा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले पोखरा–१८ स्थित रिञ्जे नासा होमस्टेमा घरवास प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिए ।
ट्रेकिङ एजेञ्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले नयाँ पुल–मोरिया–लप्सीबोट हुँदै भुकदेउराली र त्यहाँबाट डाँडा कमेरे–फलाटे–ताङले–सरौँ सम्मको पदयात्रा कार्यक्रम आयोजना गरेको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
साथै अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा हिमालय फोटो प्रदर्शनी लगायतका कार्यक्रम आयोजना गरिएको सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिए । आजै रेवान पोखराको आयोजनामा लेकसाइडमा सडक महोत्सव आयोजना गरिएको छ ।

Advertisement

शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.