• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

सन्दर्भ विश्व पर्यटन दिवसः रिञ्जे नासामा घरबास प्रवर्द्धन


    Avatar photo
शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित
काठमाडौं- ढुङ्गाले छाएका प्राचीन मौलिकताले सजिएका घरसँगै गाउँटोलको बाटो ढुङ्गैढुङ्गाले छपक्कै छापिएको छ । यहाँबाट आसपासका क्षेत्रमा देखिने दृश्यले जो कोही लोभिने गरेका छन् ।
पोखरा महानगरपालिका–१६ स्थित रिञ्जे नासा गाउँ यतिखेर घरबास पर्यटनको पुग्नैपर्ने गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।
आज विश्वभर ४५औँ विश्व पर्यटन दिवस मनाइरहँदा गाउँ पर्यटन प्रवर्द्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशले यही पर्यटकीय गाउँ रिञ्जे नासामा घरबास प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश तथा पोखरा महानगरपालिकाको सहयोग एवं पोखरा पर्यटन परिषद्को समन्वयमा आयोजित कार्यक्रमको नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको थियो ।
‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ गण्डकी प्रदेशका पर्यटकीय गाउँहरूको प्रवर्द्धन गर्ने उद्देश्यले मञ्चले विश्व पर्यटन दिवसका अवसरमा रिञ्जे नासालाई छनोट गरेको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले जानकारी दिए ।
रमणीय परिवेशको सुन्दर गाउँ भएर पनि बस्ती शून्य बन्दै गएको अवस्थालाई दृष्टिगत गरी रिञ्जे नासामा घरबास कार्यक्रम सुरु गरिएको रिञ्जे नासा सामुदायिक होमस्टेका अध्यक्ष शमशेर गुरुङले बताए । उनका अनुसार विगतमा मानिसले भरिभराउ हुने गरेका २६÷२७ घरमध्ये अहिले नौ÷दश घरमा मात्रै बसोबास छ ।
तीन दशकअघिसम्म गाउँमा राम्रो चहलपहल रहेकामा पछिल्लो समय एकपछि अर्को गर्दै बसाइँ सर्नेक्रम बढेसँगै गाउँ रित्तिँदै गएपछि स्थानीयले घरबास सुरु गरेका गुरुङले बताए । ‘सुन्दर गाउँको मौलिकता जोगाउँदै यसको पर्यटकीय उपयोगका लागि विसं २०७६ देखि रिञ्जे नासा होमस्टे सञ्चालनमा ल्याइएको हो,’ उनले भने, ‘सुन्दर मौलिकताले भरिएको गाउँ भएर पनि बढ्दो बसाइँसराइको चपेटामा परेको छ ।’
धेरै पर्यटकीय सम्भावना रहेकाले पर्यटकीय रुपमा यसको प्रवर्द्धन तथा विकास गरी स्थानीयको आयआर्जन वृद्धि गर्ने उद्देश्यले घरबास सञ्चालनमा ल्याइएको गुरुङले बताए ।
पोखराको पृथ्वीचोकबाट करिब १२ किलोमिटरको दूरीमा रहेको यो गाउँ कालीलेकको काखमा छ । गाउँबाट देखिने पूर्वपश्चिमतर्फको मनोरम गाउँबस्तीका साथै दक्षिणतर्फ देखिने पोखराको मनोरम दृश्यले यहाँ आउने पर्यटक लोभिने गरेका छन् । गाउँबाट उत्तरतर्फ मुलकोट भूमि मन्दिरका साथै पार्के तथा नाँगी डाँडा पुगिसकेपछि देखिने माछापुच्छ«े, धौलागिरि, अन्नपूर्णलगायत हिमालीका दृश्य देख्न पाइन्छ ।
गाउँबाट मुलकोटमा पुग्न करिब एक घण्टा ३० मिनेट लाग्दछ । त्यस्तै नागी डाँडा पुग्न तीन घण्टा लाग्दछ । यी ठाउँमा पुगिसकेपछि जोकोहीले हिँड्दा लागेको थकानलाई बिर्सने गर्दछन् । गाउँबाट पूर्व उत्तरमा रहेको नौधारे सिद्ध बराह मन्दिर यहाँको अर्को धार्मिक पर्यटकीय गन्तव्य हो । मनले चिताएको पुग्ने धार्मिकस्थलका रुपमा स्थानीयले परापूर्वकालदेखि यस मन्दिरमा पूजाआजा गर्दै आएको छन् ।
साथै प्रत्येक वर्षको माघेसङक्रान्तिमा यहाँ मेला लाग्ने स्थानीयवासी बताउँछन् । नौधारो सिद्ध बराहस्थित नौ वटा पहराबाट जस्तोसुकै खडेरीका समयमा पनि बाह्रै महिना पानी आउनुुलाई धार्मिक महत्वका साथ हेर्ने गरिएको छ ।
मन्दिरको नजिकै रहेको सुन्दर झरना, भिरमौरी, कलकल बग्ने खोलासँगै चराचुरुङ्गीको चिरविराहट यहाँका पर्यटकीय आकर्षण हुन् । पोखराको पृथ्वीचोकबाट महेन्द्रपुल, बगर, केआइसिंह पुल हुँदै महेन्द्रगुफाबाट जोगिमणि घट्टेकुना पुग्न सकिन्छ । त्यहाँबाट करिब दुई किलोमिटरको दूरीमा रिञ्जे नासा पुगिन्छ ।
घरबास कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले नेपाल गाउँ नै गाउँले भरिएको देश भएकाले हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने उद्घोषलाई साकार पार्न सरोकार भएका सबै लाग्नुुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका पर्यटन विकास समिति उपाध्यक्ष रविन्द्रराज पौडेल, पोखरा महानगरपालिका सहरी विकास पर्यटन तथा वातावरण महाशाखा प्रमुख विमल रञ्जन कार्की, पश्चिमाञ्चल होटल सङ्घका उपाध्यक्ष गणेशराज पहारी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल, एनटिभिए गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङ, हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाट, भिटोफ गण्डकीका सचिव लक्ष्मण पहारी, सदस्य भावना रानाभाटलगायतले सुन्दर गाउँहरूलाई पर्यटनसँग जोड्न सकेमा यहाँको विकाससँगै आर्थिक समृद्धि हासिल हुनेमा जोड दिएका थिए ।

Advertisement

शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

भर्खरै

  • १.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • २.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ३.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ४.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ५.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ६.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ७.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ८.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.