• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रक दुर्घटनामा चालकको मृत्यु

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

रुसलाई अर्को धक्काः फिनल्यान्ड र स्विडेनमा नेटो सदस्यताको बहस


आइतबार, चैत २७, २०७८ मा प्रकाशित

Advertisement

युक्रेनमा रुसले आक्रमण गरेपछि स्विडेन र फिनल्यान्डले नेटोमा सहभागी हुने विषयलाई गम्भीरताका साथ लिएको नेटोका अधिकारीहरूले जानकारी दिएका छन्। यो निर्णयले मस्को थप आक्रोशित बन्ने सम्भावना छ।

अमेरिकी विदेश मन्त्रालयका अधिकारीका अनुसार यो साता सम्पन्न भएको नेटो विदेश मन्त्रीस्तरीय बैठकमा यो विषयले प्रवेश पाएको थियो। बैठकमा स्विडेन र फिनल्यान्डका विदेश मन्त्रीहरू पनि सहभागी भएका थिए। यदि ती मुलुक नेटोमा सहभागी भए भने पुटिनको उद्देश्यमा ठूलो धक्का लाग्नेछ। नेटोको पूर्वी विस्तार रोक्न युक्रेनमाथि आक्रमण गरेको दलिल पेस गरेको रुसले थप दुई नेटो छिमेकी सामना गर्नुपर्ने हुनसक्छ।

फिनल्यान्ड र रुसबीच लामो सिमाना जोडिएको छ। सन् १९१७ अघि फिनल्यान्ड रुसी साम्राज्यको हिस्सा थियो। फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले नेटो सदस्यता लिने विषयमा ‘आगामी केही साताभित्र’ संसदमा बहस हुने जानकारी दिएकी छन्। बहस संयमित हुने कुरामा जोड दिँदै मरिनले परिस्थ्तिि निक्कै गम्भीर भएकाले बहसलाई टुंगोमा पु¥याउन धेरै समय भने नलगाउने बताइन्।

यस्तै स्विडिस प्रधानमन्त्री म्याडेलेना एन्डरसनले मार्च अन्तिम साता एक टेलिभिजन अन्तरवार्तामा नेटो सदस्यताको सम्भावनालाई इन्कार गरिनन्। स्विडेनले मे अन्तिमसम्ममा सकिने गरी सुरक्षा नीतिको समीक्षा गर्दैछ र त्यसलगत्तै सरकारले धारणा प्रष्ट्याउनेछ। अमेरिकाका लागि फिनिस राजदूत मिक्को होटालाले दुई देशले यससम्बन्धमा नजिक रहेर सहकार्य गरिरहेको बताए।

फिनल्यान्ड र स्विडेन नेटोमा सहभागी हुने बहस चर्केपछि क्रेमलिनले बिहीबार प्रतिक्रिया दिने क्रममा दुई मुलुकले नेटोको सदस्यता लिएमा पश्चिमतर्फको हिस्सामा सुरक्षास्थिति मजबुत बनाउनुपर्ने बताएको छ।

शुक्रबार नै फिनल्यान्डमाथि दुई रुसी साइबर आक्रमण भयो भने उसको हवाई क्षेत्रमा रुसी जहाजले उडान भरे। यस परिप्रेक्ष्यमा इतिहासलाई समेत ख्याल गरेर केही विज्ञले फिनल्यान्डले नेटोको सदस्यताका लागि प्रक्रिया शुरु गरेमा ऊमाथि आक्रमण हुनसक्ने चिन्ता पनि व्यक्त गरेका छन्।

फिनिस अधिकारीहरूले आफूहरू यसबारेमा सचेत रहेको बताएका छन्। सदस्यताको आवेदन दिएदेखि अनुमोदन नभएसम्म केही मुलुकले सघाउने संकेत गरेको ती अधिकारीले बताए। नेटोका महासचिव जेन्स स्टोल्टेनवर्गले यही साता ‘अन्तरिम कालको अनुरक्षा सम्बोधन गर्न केही मार्ग भेटिने’ आशा व्यक्त गरेका छन्।

स्टोल्टेनवर्गले स्विडेन र फिनल्यान्डले ‘नेटोको सदस्यताका लागि आवश्यक मापदण्ड पूरा गर्ने भएकाले तिनले चाहेमा सजिलै गठबन्धनमा जोडिन सक्ने’ बताएका छन्। फिनल्यान्डका अधिकारीहरूले पनि फिनल्यान्ड ‘अहिले नै नेटो सदस्यजस्तो’ रहेको प्रतिक्रिया दिने गरेका छन्। यी दुई मुलुक र नेटोबीचमा पहिलेदेखि विभिन्न तहमा गुप्तचर सूचना आदानप्रदान हुने गरेको छ।

फिनल्यान्ड र स्विडेनले नेटोको सदस्य भए भने तिनले संगठनमा महत्त्वपूर्ण योगदान गर्न सक्ने युरोपियन अधिकारीको आशा छ। फिनल्यान्डले पहिलेदेखि बोइङ एफ–ए–१८एस सञ्चालन गरिरहेको छ भने थप ६४ वटा लोकहिद मार्टिन एफ–३५एस आउँदै छन्। केही अधिकारीले स्विडेन र फिनल्यान्ड नेटोमा सहभागी भए भने यो पुटिनले युरोपेली सुरक्षा मजबुद बनाउन गरेको सबैभन्दा ठूलो योगदान हुने बताएका छन्।

आइतबार, चैत २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु
सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • २.
    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ३.
    ट्रक दुर्घटनामा चालकको मृत्यु

  • ४.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • ५.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.