काठमाडौँ । पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने भएको हो ।
Advertisement
बैठकमा जिल्ला तहबाट प्राप्त भएका प्रतिवेदनको अध्ययन र विश्लेषण हुने जनाइएको छ । निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने भएको छ ।
प्रतिवेदन आउन ढिलाइ भएकाले समितिले काम गर्न नपाएको बताइएको थियो । यसअघि समितिको बैठक २३ चैतमा बसेको थियो ।