• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

गम्भीर बन्दै कम्मरको दुखाइ, परिवर्तन गरौं जीवनशैली !


    Avatar photo
शनिबार, असोज ०५, २०८१ मा प्रकाशित

काठमाडौं- ८ सेप्‍टेम्बरमा ‘विश्‍व फिजियो थेरापी दिवस‘ मनाइयो। ‘वर्ल्ड फिजिकल थेरापी’ नामक संस्थाद्वारा गरिएको अध्ययनअनुसार विश्‍वमा १३ मध्ये एकजनामा वर्षभरिमा १-२ पटक ढाड दुख्छ भन्‍ने तथ्यांक त्यस अवसरमा सार्वजनिक गरिएको थियो।

Advertisement

दिवसको यस वर्षको नारा ‘कम ढाड दुखाइ र यसको व्यवस्थापन तथा रोकथाममा फिजियोथेरापीको भूमिका’ भन्‍ने राखिएको थियो।

इन्डोस्कोपी स्पाइन स्पेसलिस्ट विश्‍वमै नयाँ विधा हो। यो विश्‍वमा लोकप्रिय हुन थालेको करिब ८-१० वर्ष मात्रै भएको छ। नेपालमा भर्खरै विस्तार हुँदैछ। बी एन्ड बी अस्पतालले पनि इन्डोस्कोपी सेवा शुरु गरेको धेरै भएको छैन। एक वर्षदेखि अस्पतालले इन्डोस्कोपी सेवा दिँदै आएको हो।

पुरानो प्रविधिअनुसार ढाड र मेरुदण्डको अप्रेसनमा लामो चिरा बनाइन्थ्यो। तर, अहिले बी.एन्ड बी अस्पतालमा ढाड र मेरुदण्डको अप्रेसन नयाँ प्रविधिद्वारा गरिन्छ। यसमा लामो चिरा नबनाई सानो दूरबिनको सहायतामा सफल अप्रेसन गरिन्छ, जसलाई इन्डोस्कोपी अप्रेसन विधि भनिन्छ।

के हो कम्मरको दुखाइ ?

वर्तमान जीवन पद्धतिका कारण कम्मरको दुखाइ बढ्दो छ। यो समस्या पुरानो पुस्ताका मानिसहरूमा थिएन भन्‍ने होइन। तर, अहिलेको पुस्ताको दाँजोमा विगतमा कम्मर दुख्‍ने समस्या निकै कम थियो।

हरेक परिवारको कुनै एकजनामा कम्मर दुख्‍ने समस्या देखिनुले यो आम बन्दै गएको बुझ्‍न सकिन्छ। कम्मरको दुखाइ महिला-पुरुष दुवैमा उस्तै-उस्तै छ।

कम्मरको दुखाइमा मुख्यतया २-३ वटा कारण छन्। खानपान कम्मर दुखाइको प्रमुख कारण हो। खानपानको सन्तुलन नमिल्दा महिला, पुरुष दुवैमा मोटोपनको समस्या बढ्दो छ।

शारीरिक व्यायाम कम, अफिसको काम र बाहिर हिँडडुल कम गर्ने व्यक्तिहरूमा मोटोपनको समस्या बढ्दै गएको छ। मोटोपना बढ्नेबित्तिकै शरीरमा वजन बढ्ने गर्छ। जब वजन बढ्न थाल्छ, शरीरका पाटपुर्जाहरू खिइँदै जान्छन्। र, कम्मरको दुखाइ शुरु हुन थाल्छ।

दोस्रो कारण- मोटोपन सँगसँगै हामीले काम गर्ने तौर तरिका हो। लामो समय बसिराख्‍नुपर्ने, बढी गह्रौं सामान उचाल्ने, लामो यात्रामा ड्राइभिङ गर्ने सवारी चालकहरूमा कम्मरको दुखाइ बढी देखिएको छ। महिलाको हकमा घरभित्रको काम गर्ने गृहिणीहरूमा यो समस्या बढी छ।

बयस्कमा मात्र नभई स्कुले बालबालिकाहरूमा पनि कम्मरको दुखाइ देखिनुले अवस्था अझै गम्भीर बन्दै गएको छ। अहिलेका बालबालिकाले बालमैत्री वातावरण पाउन सकेका छैनन्। सन्तानको भविष्‍यलाई मध्यनजर गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य प्राप्त गर्ने सपना बुन्दै शहर-बजार पसेका अभिभावकका सन्तानलाई खेल्न खुला चौर र मैदान अभाव छ।

धित मरुन्जेल आफूले रुचाएको क्रिकेट, फुटबल या रैथाने खेलहरू खेल्न मैदान अभावमा बालबालिकाले इन्डोर क्रियाकलापमै सीमित रहनुपरेको छ।

साताको ६ दिन स्कुलमै ५-६ घण्टा बिताउने बालबालिकालाई त्यहाँ पनि शारीरिक क्रियाकलापमा सहभागी गराइँदैन। नाम चलेका महँगो शुल्क लिने स्कुलहरूले सातामा बढीमा २-३ वटा फिजिकल कक्षा दिने गरेको पाइन्छ। हुर्कंदै गरेका बालबालिकाका लागि त्यो पर्याप्त होइन।

स्कुलबाट आउनेबित्तिकै होमवर्क गर्न बस्‍ने बालबालिका ३-४ घण्टा त्यसमै व्यस्त रहन्छन्। त्यसकारण उनीहरूमा पढाइको तनाव बढी छ। योग गर्ने चलन अभिभावकमै छैन भने बालबालिकाले आफैं योग गर्नुपर्छ भनेर सिक्न सक्दैनन्।

तेस्रो कारण- सानै उमेरदेखि जंग फुड खाने बानी हो। त्यस्ता बालबालिकामा सानैदेखि मोटोपनको समस्या देखिएको छ। त्यसबाट बालबालिकामा गर्धन र कम्मरको दुखाइको समस्या निम्तिन्छ। झुकेर लामो समय होमवर्क गर्ने र मोबाइल धेरै हेर्ने अनि जंक फुडमै जोड दिने बालबालिकामा गर्धन दुख्‍ने समस्या बढ्दै गएको हो।

चौथो कारण- ‘भिटामिन-डी’ कमी हुनु हो। सूर्यबाट पाइने प्रकाशले शरीरमा ‘भिटामिन-डी’ पूर्ति गराउँछ। दैनिक ५ देखि १० मिनट मात्रै पनि घाम ताप्न बस्यौं भने शरीरमा ‘भिटामिन-डी’ पूर्ति गर्न सकिन्छ। तर, व्यस्त जीवनशैली वा लापरवाहीले १० मिनट पनि घाम ताप्ने बानी छैन अहिले।

‘भिटामिन-डी’लाई हड्डीको भिटामिन पनि भनिन्छ। र, यो घाम र खानेकुराहरूबाट प्राप्त हुन्छ। दूधजन्य पदार्थ, मासु खाने मानिसहरूले कलेजो र अण्डाबाट यो भिटामिन प्राप्त गर्छन्।

‘भिटामिन-डी’ अभाव भए त्यसका सप्लिमेन्टहरू लिनुपर्छ। त्यसका लागि थोरै डोज भएको दैनिक खाने ट्याब्लेट लिन सकिन्छ। कतिपय अवस्थामा डाक्टरको सल्लाहबमोजिम ‘भिटामिन-डी’का औषधिहरू चलाउनुपर्छ।

धेरै कम भएको अवस्थामा मांसपेशीहरूमा इन्जेक्सनमार्फत ‘भिटामिन-डी’ दिने गरिन्छ। कम्मर र ढाड दुख्‍ने, आलस्य हुने, निराशापन, थकान महशुस हुने, झोक्राउने, चिन्तित हुने, निन्द्रा बढी लाग्‍नेजस्ता लक्षणहरू ‘भिटामिन-डी’को अभावमा देखिन्छन्।

यस्ता लक्षण देखिएका बिरामीमा ‘भिटामिन-डी’को जाँच गरिन्छ। रगतबाट गरिने यो जाँच अलिकति खर्चिलो छ। दूरदराजका बासिन्दामा ‘भिटामिन-डी’को अभावमा कम्मर दुख्‍ने समस्या देखिएको छ भने ४-८ सातादेखि १-२ वर्षसम्म डाक्टरको सल्लाहबमोजिम क्याप्सुल सेवन गर्नुपर्छ।

तथापि, ‘भिटामिन-डी’को अत्यधिक सेवन पनि स्वास्थ्यका लागि लाभदायी हुँदैन। ‘भिटामिन-डी’ फ्याट सोलुबल हो। अन्य पानीमा घुल्ने भिटामिन जसरी यो पिसाबमा नष्‍ट हुँदैन। यो भिटामिन बढी भएमा हाइपरभिटामिनोसिस हुन्छ। यसको मात्रा अत्यधिक भएमा कब्जियत हुने, खाना नरुच्‍ने, उल्टी हुने, शरीर दुख्‍ने र मिर्गौलामा पत्थरी हुने हुन्छ। यो भिटामिन शरीरमा अत्यधिक भएमा हड्डी झुरो हुने र भाँचिने डर हुन्छ। त्यसकारण यो भिटामिन लिँदा डाक्टरको सल्लाह अनिवार्य छ।

मेरुदण्ड र कम्मरको समस्या आम रूपमा सामान्य भइसक्यो। अधिकांश व्यक्तिमा कम्मरको दुखाइ भएर १-२ दिनमै हराएर जाने पनि हुन्छ। तर, कतिपय केसमा विशेष ध्यान पुर्‍याउनु आवश्यक छ।

कुन अवस्थामा डाक्टरको परामर्श ?

यदि कम्मर पहिलोचोटी सहनै नसक्नेगरी दुखेको छ भने पछिसम्म समस्या नआओस् भनेर तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ।

दोस्रोमा कम्मरको दुखाइ हात र खुट्टासम्म आई हातखुट्टा झम्झमाउने वा करेन्ट लागेजस्तो हुन्छ भने पनि डाक्टरको सल्लाह लिनु उत्तम हुन्छ।

कम्मरको दुखाइसँगै दुखेको ठाउँमा छाम्दा पनि सहनै नसक्नेगरी दुख्‍नुका साथै ज्वरो पनि आइरहेको छ भने तत्काल अस्पताल आई जाँच गराउनुपर्छ। किनकि, ज्वरो संक्रमणको लक्षण हो।

अर्को महत्त्वपूर्ण पाटो- यदि कम्मर वा गर्धनमा दुखाइ छ र त्यससँगै हातखुट्टा लुलो हुन थाले, दिसा-पिसाबमा समस्या देखियो भने पनि तुरुन्तै अस्पताल आउनुपर्छ। पिसाब फेर्न हतार हुने, पिसाब रोक्न गाह्रो हुने, पिसाब फेरिसकेपछि पनि थोपा-थोपा चुहिने, दिशा आएको थाहा नहुनेजस्ता समस्या देखिए भने पनि समयमै अस्पताल आउनुपर्छ।

कम्मरको दुखाइले लिंगको उत्तेजनामा समस्या आयो भने पनि तत्काल डाक्टरलाई देखाउन अत्यावश्यक हुन्छ।

उपचार

९० प्रतिशत कम्मर वा गर्धनको दुखाइ विना औषधि नै महिनादिनको अन्तरालमा आफैं ठीक भएर जान्छ। धेरै दुखेको अवस्थामा पेन किलर खान सकिन्छ। पेन किलर डाक्टरको सल्लाहबमोजिम डोज पूरा गर्नेगरी खानुपर्छ।

नशाको दुखाइ कम गर्ने औषधिहरूको सहायतामा महिनादेखि डेढ महिनासम्ममा समस्या हट्छ। करिब ९० प्रतिशत कम्मरको दुखाइ औषधि सेवनबाटै निको पनि हुन्छ।

दोस्रो चरणको उपचारमा नशाहरू दबिएको भए जोर्नीमा कहाँ समस्या छ भनेर जाँच गरिन्छ। त्यो अवस्थामा दुखाइ लामो समय रह्यो भने इन्जेक्सनहरूको आवश्यकता पर्छ। इन्जेक्सन हात या नितम्बमार्फत दिइन्छ। र, त्यो अप्रेसन थिएटरमा एक्सरेमा हेरेर नशा वा जोर्नीमा लगाइन्छ।

करिब ५ प्रतिशत व्यक्तिहरूमा अप्रेसनमै जानुपर्ने हुन्छ। यदि दुखाइ महिना, डेढ महिनाभन्दा लामो समयदेखि कायम छ र त्यससँगै खुट्टाको कमजोरी आउन थालेको अवस्थामा अप्रेसन आवश्यक पर्न जान्छ।

मेरुदण्डको स्वास्थ्यका लागि चुरोट पिउनु हुँदैन। हाम्रो शरीरमा कोलाजन भन्‍ने तत्त्व हुन्छ। हड्डीका तत्त्वहरूलाई जोड्ने, एकीकृत गर्ने काम कोलाजनले गर्छ। चुरोट पिउँदा त्यसले कोलाजन कम गरिदिन्छ। करिब ५० प्रतिशत मानिसमा २० वर्ष चुरोट पिइसकेको छ भने उसको मेरुदण्डमा समस्या आउँछ। वजन बढ्नेबित्तिकै शरीरमा बोसो बढ्छ। र, त्यसले पनि कम्मरको दुखाइ निम्त्याउँछ।

निरन्तर उभिएर वा बसेर काम गर्ने व्यक्तिमा पनि कम्मरको दुखाइ हुन सक्ने भएकाले कार्यशैलीमा परिवर्तन ल्याउन जरुरी छ।

शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • २.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ३.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.