काठमाडौं- शुक्लाफाँटा नगरपालिका–४ पिपलाडी बस्ने ३६ वर्षीय राज कुमार डगौराको सोही नगरपालिका–११ दिपनगरस्थित सडकको नालीमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको छ ।
Advertisement
माछा मार्ने क्रममा बुधबार बिहान डुबेर अशक्त भएका उनको भारतको भोजपुरास्थित अस्पतालमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।