काठमाडौं- ललितपुर, गोदावरी नगरपालिका–९ चुन्निखेल छम्पी बस्ने ५७ वर्षीय मधु सुदन नेपाली सोही ठाउँस्थित बुंग्मती कुलोको गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
कञ्च्नपुर, बेदकोट नगरपालिका–३ भम्कास्थित सडक छेउमा सोही ठाउँ बस्ने डडेलधुरा आलीताल गाउँपालिका–७ घर भएका ४१ वर्षीय जोगी महरा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं, टोखा नगरपालिका–३ पञ्चेटार बस्ने अ शोबिलाल श्रेष्ठ सोही ठाउँस्थित कुलोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । दैलेख, भैरवी गाउँपालिका–४ लिउडा बस्ने ६७ वर्षीय नरेश्वर जैसी सोही गाउँपालिका–४ बालिकाँडामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका–१४ बिजयनगर टोल बस्ने ५१ वर्षीय देब प्रसाद रिमाल सोही ठाउँस्थित खरबारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । धनुषा, लक्ष्मिनियाँ गाउँपालिका–१ सोहनि टोल बस्ने ७० वर्षीया दलतिया देवी महरा सोही ठाउँस्थित पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
महोत्तरी, जलेश्वर नगरपालिका–९ पर्कौली चोकस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
पर्वत, कुश्मा नगरपालिका–६ बान्द्रेवेणी नजिक रहेको कृष्ण मन्दिरको चौरको मञ्चमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।