• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

१० प्रतिशत जनसंख्यामा सुगर, बच्‍न के गर्ने ?


    Avatar photo
बुधबार, असोज ०२, २०८१ मा प्रकाशित

काठमाडौं- पछिल्लो समय मधुमेह (सुगर) एक आम समस्या बनेको छ। धेरै व्यक्ति यो समस्याबाट प्रताडित छन्। यो नेपालको समस्या मात्र होइन, दक्षिण एसियाली मुलुकहरूमा यो बढ्दो ट्रेन्डमा छ। त्यसमा पनि छिमेकी देश भारतमा सुगर झनै भयावह अवस्थामा छ। त्यसकारण भारतलाई सुगरको राजधानी पनि भनिन्छ।

Advertisement

भारत, पाकिस्तानसँग नेपालको भू-बनावट मात्रै मेल खाँदैन, हाम्रो खानपिन, रहनसहन पनि धेरै हदसम्म मिल्दोजुल्दो छ। मधुमेहसम्बन्धी गरिएका अध्ययन-अनुसन्धानले नेपालमा पनि करिब कुल जनसंख्याको ८ देखि १० प्रतिशतमा सुगरको समस्या देखिएको छ, जुन निकै खतरनाक आँकडा हो।

कारण के ?

मधुमेह हुनुको मुख्य कारण हाम्रो अस्वस्थ जीवनशैली हो। केही वर्ष अघिसम्म तराईमा प्रायः धेरैजसोको घरमा साइकल थियो। कहीं-कतै जानुपरेमा साइकल चढ्ने चलन थियो। साइकल चलाउँदा शारीरिक कसरत पनि हुन्छ। तर, अहिले जीवनशैलीमा परिवर्तन आएको छ। अब मोटरसाइकल र कार बढी प्रयोगमा छन्। ५ मिनटकै दूरीमा जान पनि हिँड्नुको साटो मोटर नै चढ्ने बानीका कारण हामी स्वास्थ्य समस्याहरूमा उल्झँदै गएका छौं।

हाम्रो खानपिन र रहनसहन बदलिँदै गएको छ। घरमा पाकेको खानेकुराभन्दा बाहिरी बजारमा हेर्दा आकर्षक देखिने रंगिन चिजवस्तुले हाम्रो ध्यान तानिरहेका छन्। जिब्रोलाई स्वाद मात्र दिने त्यस्ता खानेकुरा स्वास्थ्यका लागि कति हानिकारक छन् भन्‍नेमा कसैले ध्यान दिएका छैनन्। यसले पनि मधुमेहको समस्या निम्त्याएको छ।

वंशाणुगत कारण पनि सुगरको अर्को कारक हो। परिवारमा कसैमा सुगरको समस्या छ भने उसका सन्ततीमा पनि यो समस्या निम्तिने सम्भावना उच्च रहन्छ। तर, वंशाणुगत कारणले शतप्रतिशत नै सुगर हुन्छ भन्‍ने छैन।

पारिवारिक हिस्ट्री नभएका व्यक्ति पनि मधुमेहबाट टाढा रहन्छन् भन्‍ने छैन। अल्छी र विलासी जीवनशैलीले यो समस्या निम्त्याउने गर्छ। त्यसको ज्वलन्त कारण मोटोपना हो। र, अल्छी र विलासिताले नै निम्त्याउने हो, मोटोपन।

सामान्यतया ‘बडी मास इन्डेक्स (बीएमआई)’ २४ भन्दा बढी हुनुलाई मोटोपना भनिन्छ। अफिसमा घण्टौं बसेर काम गर्ने, कम्प्युटरमा काम गर्ने अनि कार्बोहाइड्रेटयुक्त खानेकुरा बढी खानाले पनि मोटोपनको समस्या बढ्दो छ।

व्यस्त जीवशैलीले गर्दा घरमै खाना पकाएर खान सम्भव नहुन सक्छ। सोही कारण बजारका मैदाजन्य, चिल्लो अनि जंग फुडहरू बढी खाने चलन बढ्दो छ। सोही कारण शरीरले आवश्यक प्रोटिन, भिटामिन पाउन सकेको छैन। खानामा कार्बोहाइड्रेटको मात्रा बढी भयो भने त्यसले सुगरको समस्या निम्त्याउने जोखिम रहन्छ।

बाथ तथा दमका बिरामीहरूलाई समय-समयमा स्टेरोइड नामक औषधि चलाउनुपर्छ। यो औषधिको साइड इफेक्टले पनि सुगर लेभल बढाउने गर्छ।

नेपालको सन्दर्भमा सुगर महिला, पुरुष कसमा बढी भनेर कुनै अध्ययन भएको छैन। तर, अस्पतालमा आएका बिरामीको संख्यालाई मध्यनजर गर्दा सुगरका बिरामी बढी पुरुष छन्। पुरुषमै यो समस्या किन बढी देखियो भन्‍ने यकिन जवाफ दिन अध्ययनबिना असम्भव छ। तर, नेपाली परम्परा र संस्कृतिअनुसार महिलाहरू घरायसी कामकाजमा बढी सक्रिय रहन्छन्। र, उनीहरूको शारीरिक क्रियाकलाप पुरुषको तुलनामा बढी हुने गर्छ। सोही कारण पुरुषको तुलनामा महिलामा सुगर कम देखिएको हुन सक्छ।

विगतमा ४० वर्षमाथिका व्यक्तिहरूमा सुगरको समस्या देखिन्छ भन्‍ने थियो। अहिले २० वर्षकै उमेरमा पनि देखिन थालेको छ। खासगरी, धेरै काम गर्नुपर्ने, भविष्‍यको चिन्ता, अन्य पारिवारिक तनावले २० देखि ३० वर्षकै उमेर समूहमा मधुमेहको समस्या बढ्दो छ।

कसरी बच्‍ने ?

मधुमेह हुन नदिन सबैभन्दा पहिले हाम्रो जीवन र खानाको शैलीमा परिवर्तन अत्यावश्यक छ। र, नियमित शारीरिक व्यायाम गर्नुपर्छ। घरमै सबै खानेकुरा सन्तुलन मिलाएर खाने हो भने पनि हामी धेरै हदसम्म स्वस्थ रहन सक्छौं।

दिनहुँ हाम्रो खानाको थालीमा भात, रोटी, ढिँडोलगायत कार्बोहाइड्रेटयुक्त खानेकुराको मात्रा दुई तिहाइ हुन्छ। तर, स्वस्थ जीवनशैली अपनाउने हो भने त्यस्ता खानेकुराको मात्रा एक तिहाइमा सीमित गर्नुपर्छ। बाँकी दुई तिहाइ प्रोटिन, भिटामिन र फाइबरयुक्त खानेकुरा समावेश गर्नुपर्छ।

फाइबर र भिटामिन हरियो सागपात, तरकारी, गेडागुडी, सलाद, दालबाट पाइन्छ। प्रोटिन माछामासु, टोफू, पनिरहरूमा पाइने भएकाले त्यस्ता खानेकुरा उत्तम हुन्छन्।

यस्तै, केही मात्रामा शरीरलाई फ्याटको आवश्यकता पर्ने भएकाले घ्यू र तेलबाट फ्याट लिन सकिन्छ।

आवश्यकताभन्दा बढी क्यालोरी शरीरमा रहँदा त्यो स्टोर हुँदै जान्छ। त्यसले नै हो, शरीरमा बोसो लाग्‍ने, पेट बढ्ने र मोटोपनको समस्या निम्त्याउने पनि। र, अन्ततोगत्वा त्यसले मधुमेहको समस्या निम्त्याउने जोखिम अत्यधिक हुन्छ। त्यसकारण शरीरमा थुप्रिएको अनावश्यक  क्यालोरी बर्न गराउन शारीरिक व्यायाम र कसरत गर्नुपर्छ।

दैनिक कम्तीमा आधा घण्टा छिटोछिटो स्वाँस्वाँ हुनेगरी हिँड्नु निकै लाभदायी हुन्छ। त्यसका अतिरिक्त जिम, जुम्बा गएरै भए पनि अतिरिक्त क्यालोरी घटाउन सकिन्छ।

हाम्रा बुवा, हजुरबुवाहरूले पनि खाना धेरै खानु हुन्थ्यो। तर, त्यसरी खाएको खाना मेलापात, खेतबारीमा काम गरेरै बर्न गराउनु हुन्थ्यो। र, उहाँहरूमा सुगरको समस्या पनि निम्तिँदैनथ्यो।

तथापि, अहिले पनि धेरै खाना खाने त्यो ट्रेन्ड कायम रह्यो। तर, खानामार्फत शरीरमा थुप्रिएको क्यालोरी बर्न गराउन पितापुर्खाको जस्तो शारीरिक व्यायाम भएन। र, त्यसले नै हो, स्वास्थ्य समस्याहरू बढाएको पनि।

एक दिन बढी खाना खाँदैमा मोटाइँदैन। प्रत्येक दिन बढी खाएर नै मोटोपन बढ्ने हो। त्यसरी खाएको खानाबाट प्राप्त हुने क्यालोरी बर्न गराउन दिनहुँ शारीरिक व्यायाम, कसरत र स्वाँस्वाँ हुने गरी हिँड्ने बानीको विकास अत्यावश्यक छ।

विगतमा नेपालमा मानिसको औसत आयु ५० वर्ष थियो। अहिले पुरुषको ६९ र महिलाको ७२ वर्ष पुगेको छ। औसत आयु त बढ्यो। तर, मानिस शरीरमा दीर्घरोग लिएर बाँचिरहेका छन्। यसो भन्दै गर्दा औषधि खाँदै दौडिरहेको जनसंख्याको चित्र हाम्रो आँखा सामुन्‍ने आउँछ।

प्रविधिले पनि मानिसलाई अल्छी बनाएको छ। मानिसले आफैं गर्नुपर्ने काम प्रविधिले गरिदिन थालेपछि दिनहुँ गर्नुपर्ने शारीरिक क्रियाकलापमा कमी आएको छ। तर, केही समय छुट्याएर व्यायाम, कसरत गर्ने हो भने मोटोपन घटाई मधुमेह हुनबाट बच्‍न सकिन्छ।

यस्तै, मध्यपान, धुम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्। यस्ता कुराबाट सकेसम्म टाढै रहन सक्नुपर्छ। किनकि, कुनै पनि विज्ञानले मध्यपान, धुम्रपान स्वास्थ्यका लागि लाभदायी हुन् भनेको छैन। र, दीर्घरोगबाट बच्‍ने एक मात्र उपाय हाम्रो जीवनशैली नै उत्तम हुनु अत्यावश्यक छ।

बुधबार, असोज ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.