काठमाडौँ । हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
Advertisement
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही अन्य भागमा मौसम सामान्यतया सफा रहने छ ।
यस्तै, राति प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भागमा मौसम सामान्यतया सफा रहने छ ।
महाशाखाले प्रदेश १ को पहाडी भाग र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको भन्दै सतर्कता हुन आग्रह गरेको छ ।