काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज एकै दिन चार वटा कार्यक्रममा सहभागी हुने भएका छन् ।
Advertisement
उनले लोकतान्त्रिक अपांग संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै छन् । आज बिहान संघको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रमसँगै उनले विभिन्न पार्टीबाट आएका नेताहरूलाई पार्टीमा प्रवेश गराउने छन् ।
काठमाडौँ उपत्यकामा हुने दुई कार्यक्रमपछि अध्यक्ष ओली आजै पर्वत र बाग्लुङ जाने छन् । उनले जिल्ला कमिटी पर्वत र बाग्लुङले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।