नयाँदिल्ली- अध्ययनअनुसार ७० प्रतिशत महिलाहरूका लागि ‘वर्क लाइफ ब्यालेन्स’ चुनौतीपूर्ण हुन्छ। त्यसको सीधा असर उनीहरूको स्वास्थ्य र करिअर ग्रोथमा पर्छ।
एजुकेसन टेक्नोलोजी कम्पनी हिरो वायर्डले हालै सार्वजनिक गरेको रिपोर्टमा उक्त विषय समेटिएको छ। त्यसका लागि कम्पनीले २ लाख महिलाहरूबीच सर्वे गरेको थियो।
एक वर्किङ महिलाले घर र अफिस दुवै काम व्यवस्थापन गर्नुपर्छ। उसलाई हरेक दिन नयाँ-नयाँ चुनौती देखिन्छन्। घर र अफिस दुवैतिर व्यवस्थापन गर्न नसक्दा उनीहरू परेशान रहन्छन्।
समाजमा महिलाहरूलाई ‘टेकन फर ग्रान्टेड’का रूपमा लिने कुप्रवृत्ति छ। अर्थात्, महिलाहरूले कुदाकुद गरेर घर र अफिस दुवैतर्फ काम गर्नुलाई सबैले सामान्य रूपमा लिइरहेका हुन्छन्।
पतिका सामान ध्यान राख्नु, बालबच्चा सम्हाल्नु, उनीहरूका लागि टिफिन तयार गर्नु, बालबच्चालाई पढाउनु, स्वास्थ्यको ख्याल राख्नुलगायत अनेक जिम्मेवारी महिलाकै काँधमा हुन्छ।
तर, त्यसका लागि हरेक महिलाले आफ्नो क्षमताभन्दा धेरै ज्यादा काम गरिरहेका हुन्छन्। त्यो उनीहरूको स्वास्थ्यका लागि हानिकारक सावित भइरहेको हुन्छ। त्यसैले हो, महिलामा तनाव, एन्जाइटीजस्ता समस्या अधिक देखिन्छन्।
कामकाजी महिलाहरूको वर्क लाइफ ब्यालेन्स
– घरको आर्थिक जिम्मेवारीका बावजुद घरका अधिकांश कामको जिम्मा पनि महिलामै हुन्छ।
– बालबच्चाको रेखदेखको ज्यादा जिम्मेवारी महिलाले नै उठाउँछन्।
– उनीहरूलाई अफिसपछि घरका लागि समय निकाल्न मुश्किल हुन्छ।
– आफ्ना लागि समय निकाल्न त झनै चुनौती हुन्छ।
– दोहोरो जिम्मेवारीका कारण दुवैतर्फ शतप्रतिशत कर्तव्य पालन गर्न सकिरहेका हुँदैनन्।
– परिवारलाई प्राथमिकता दिनु परेकै कारण धेरैपटक सरुवा र पदोन्नतिलाई त्याग्नुपर्छ।
– घरमा कुनै संकट हुनासाथ अफिसमा लामो समय छुट्टी लिनुपर्छ।
– डबल वर्क लोडका कारण उनीहरूको स्ट्रेस हार्मोन बढिरहेको हुन्छ।
यसरी गरौं वर्क-लाइफ ब्यालेन्स
– सबैभन्दा जरुरी हुन्छ, घरको जिम्मेवारी दोस्रो व्यक्तिसँग बाँड्नु
– पति, सासु-ससुरा र बालबच्चा सबैले घरको काममा साझेदारी गरिदिनुपर्छ।
– किनकि, महिला पनि मानिस नै हुन्, रोबोट होइनन्।
– घरको काममा मद्दत लिन लजाउनु पर्दैन।
– आफ्नो प्राथमिकता तय गर्नूस्।
– कामका बीचमा आफ्नो स्वास्थ्यलाई नजरअन्दाज नगरौं।
– डाइट र शारीरिक व्यायाम दुवैको ख्याल राखौं
– घरको काम अफिस र अफिसको काम घरमा नगरौं।
– आफ्नो खुशी, केयर र शोखका लागि दैनिक थोरै समय निकालौं।