(१) रगतमा कोलस्ट्रोल बढ्नु मुटुका लागि हानिकारक हुन्छ। र, क्यान्सर हुने एउटा कारण पनि हो यो। शाकाहारी खाना नै कोलस्ट्रोल घटाउने उत्तम उपाय हो। शाकाहारी खानामा कोलस्ट्रोल बढाउने तत्त्व कम हुन्छन्।
(२) मासु, कलेजो, अण्डाको पहेंलो भाग, दूध, घिउ, मख्खन आदि अत्यधिक कोलस्ट्रोल भएका खाद्यपदार्थ हुन्। यिनको मात्रा कम गरौं।
(३) सूर्यमुखी, मकै, भटमास, शुद्ध तोरीको मात्रा पनि मिलाएर खानुपर्छ। काजु, बदामजस्ता नट्स सेवन गर्दा शरीरलाई आवश्यक तेल पुग्छ।
(४) माछा, कुखुरा र टर्कीको मासुमा कम बोसो हुन्छ। त्यसैले तिनको प्रयोग बढाऊँ।
(५) खसी, बोका, भेडा, च्यांग्रा, बँदेल, बंगुरको मासुमा अत्यधिक स्याचुरेटेड फ्याट हुन्छ। तिनको मासु कम खाऊँ।
(६) खाना पकाउँदा तेल कम राखौं। दाल, भटमास, सिमी, मटरमा प्रोटिन पाइन्छ। त्यस्ता वस्तु बढी खाऊँ।
(७) सागपात, हरियो तरकारी, फलफूल, गहुँ, चामल र दाल अत्यन्त फाइदाजनक छन्, प्रशस्त सेवन गरौं।
(८) माछाको तेल, सिमी, बोडी, भटमास, ओखर, कागती, बदामबाट तयार पारिएका खाद्यपदार्थ खाऊँ।