• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

‘भिटामिन डी’ अभावमा देखिन्छन् यी ५ लक्षण


    Avatar photo
शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित

काठमाडौं- मानव शरीरलाई ‘भिटामिन डी’ले धेरै फाइदा गर्छ। तर, कतिपयमा यो भिटामिन अपुगका कारण विभिन्‍न समस्या हुने गरेको छ। अध्ययनहरूले पनि विश्‍वका धेरै मानिस यो भिटामिनको अभावमै बाँचिरहेको देखाएको छ।

Advertisement

शरीरमा ‘भिटामिन डी’को मात्रा पर्याप्त नहुँदा धेरै प्रकारको रोगबाट पीडित हुनुपर्छ। तपाईं-हामीले दैनिक स्वस्थ्य खानेकुरा खाएर, नियमित शारीरिक व्यायाम गर्दा, पर्याप्त मात्रामा निद्रा पुगे पनि भिटामिन डीको कमी छ भने धेरै खालका समस्या बेहोर्नुपर्छ।

शरीरमा ‘भिटामिन डी’को कमी भए-नभएको रगतको परीक्षणमार्फत थाहा हुन्छ। त्यसभन्दा अरू केही तरिका पनि छन्, जसले रगतको परीक्षण नै नगरी पनि शरीरमा ‘भिटामिन डी’को कमी रहेको पत्ता लगाउन सकिन्छ।

पसिना धेरै आउनु

गर्मीको समयमा हामी सबैलाई पसिना आउँछ। कुनै काम गर्दै गर्दा, खेल खेल्दा वा जिममा शारीरिक व्यायाम गर्दा पसिना आउनु सामान्य हो। यस्तो समय आउने पसिनामा चिन्ता गर्नुपर्दैन।

तर, यदि यत्तिकै बस्दा पनि वा सामान्य अवस्थामा पनि पसिना आउँछ भने त्यसको ख्याल गर्नुपर्छ। शरीरमा ‘भिटामिन डी’को कमीका कारण पनि यस्तो समस्या भएको हुन सक्छ। यदि त्यस्तो समस्या भयो भने डाक्टरको सम्पर्कमा जान आवश्यक छ।

अनपेक्षित कमजोरी

शरीरमा ‘भिटामिन डी’को कमी भएको छ भने पनि अनपेक्षित रूपमा कमजोरी महशुस हुने गर्छ। शरीरका मसल्स फिट राख्‍न शरीरमा ‘भिटामिन डी’ पर्याप्त हुन आवश्यक छ।

यसले सामान्य चोटपटकबाट समेत बचाउँछ। थप ‘भिटामिन डी’ लिँदा ‘भिटामिन डी’कै कमीका कारण कमजोर भएको मसल्स ६ महिनामै फेरि पुरानै अवस्थामा फर्किने अध्ययनहरूले देखाएका छन्।

कमजोर हड्डी

‘भिटामिन डी’ले मानव शरीरमा रहेको हड्डीलाई बलियो र स्वस्थ्य बनाइराख्‍ने काम गर्छ। यदि शरीरको कुनै पनि हड्डी भाँच्चियो भने सम्झनुहोस् शरीरमा ‘भिटामिन डी’को कमी भएको छ। शरीरमा ‘भिटामिन डी’को कमी भएका कारण हड्डीमा यस्तो समस्या आउन सक्छ।

वृद्धवृद्धाहरूमा यो समस्या अझै बढी हुन सक्छ। विशेष गरी बढी उमेरका मानिसले शरीरमा ‘भिटामिन डी’को मात्रा आवश्यकअनुसार रहे-नरहेको निश्‍चित गर्न आवश्यक छ।

दुखाइ

शरीरका हड्डीमा कहिलेकाहीं दुखाइ हुनु असामान्य होइन। विभिन्‍न कारणले हड्डी दुख्‍न सक्छ। यो सबै उमेरका मानिसमा हुन सक्छ। तर, अरू कारणले हुने यस्ता दुखाइ चाँडै हटेर जाने गर्छ।

लामो समयसम्म रहने हड्डीको दुखाइ भने शरीरमा ‘भिटामिन डी’को कमीका कारणले भएको हुन सक्छ। यदि यस्तो समस्या देखिएमा शरीरमा ‘भिटामिन डी’को अवस्थाको परीक्षण गर्नुपर्छ।

डिप्रेसन

यदि शरीरमा ‘भिटामिन डी’ धेरै कम छ भने मुडलाई समेत असर गर्न सक्छ। यस्तै, ‘भिटामिन डी’को कमीकै कारण डिप्रेसन हुन पनि सक्छ। यदि समयमै यसको उपचार नगरिए यसले अरू ठूलो समस्या निम्त्याउन पनि सक्छ। त्यसैले शरीरमा ‘भिटामिन डी’को अवस्थाबारे नियमित परीक्षण गरिरहनुपर्छ।

शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.