काठमाडौँ । बिहीबार बसेको सरकारको मन्त्रिपरिषद बैठकले ज्येष्ठ नागरिकका लागि विशेष अस्पताल बनाउने निर्णय गरेको छ ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा सरकारले ज्येष्ठ नागरिकलाई विशिष्ठ प्रकारको सेवा दिने उद्देश्यले यस्तो अस्पताल निर्माण गर्न लागेको जनाएको छ ।
सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पत्रकार सम्मेलनमा भने, ‘ज्येष्ठ नागरिकहरूलाई विशिष्ट प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहितको एक ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने ।’