काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलको बैठक आह्वान गरेका छन् । आसन्न स्थानीय तह निर्वाचन नजिकिएसँगै छलफल गर्न प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले गठबन्धनको बैठक आह्वान गरेका हुन् ।
Advertisement
योसँगै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज शुक्रबार बिहान ११ः३० बजे बैठक बस्ने भएको छ ।
देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गर्ने भएका हुन् ।