• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, साउन १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !

राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

‘अटवारी’ पर्व मनाउदै थारु समुदाय, आज सार्वजनिक बिदा


आइतबार, भदौ २३, २०८१ मा प्रकाशित

कैलाली– नेपालको पश्चिमी तराईमा बसोवास गर्ने थारु समुदायले मनाउने ‘अटवारी’ पर्व आजदेखि शुरु भएको छ । दुई दिनसम्म मनाउने पर्व कैलाली–कञ्चनपुर लगायत बाँके र बर्दिया जिल्लाहरुमा मुख्य रुपमा आपसी मेलमिलाप, एकता र सुमधुर पारिवारिक सम्बन्ध को प्रतीकको रुपमा मनाउने गरिन्छ ।

Advertisement

थारु समुदायमा स्थानीय रुपमा आईतबारलाई ‘अटावर’ को नामले चिनिन्छ र त्यो पर्व ‘अटावरी’ को नाम एउटै शब्द बाट राखिएको थारु अगुवा प्रभात चौधरीले बताए । उनले श्रीकृष्ण जन्माष्टमी पछि आउने दोश्रो आइतबारबाट अटवारी पर्व शुरु हुने बताए ।

चाडपर्व को शुरुवात संगै, थारु समुदायका बुबा र भाइहरु दिनभरि कडा उपवास ९पानी समेत नपिई० छोरीहरु र दिदी बहिनीहरुको दीर्घायुको कामनाका लागि व्रत बस्ने चलन रहि आएको अगुवा चौधरीले बताए ।

अट्वारीको दोस्रो दिन अर्थात सोमबार बिहान पतौला खरिया, खुर्मा, फुलौरी, भात, गब्दा र तामासहितका तरकारी र सात प्रकारको विभिन्न परिकार तयार गरी ब्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन् । पूजापाठपछि ब्रतालुले आफ्नो खानाको परिकारबाटआधा भाग दिदीबहिनाका लागि छुट्याएपछि भोजन गर्ने चलन रही आएको छ । सोमबार बिहानको भोजनलाई थारु भाषामा ‘फ्राहार’ भनिन्छ ।

अघिल्लो दिन (आईतबार) र दोस्रो दिन (सोमबार) ब्रतालु दाजुभाइले आफूले खानुपूर्व दिदीबहिनीको लागी फलफूल तथा खानाका परिकारबाट छुट्याएको परिकार विवाहित छोरीचेलीबेटीलाई यसै दिन दिने चलन छ । छोरीचेलीलाई वर्षभरिको सम्झनास्वरूप पठाउने कोसेलीलाई ‘अग्रासन’ भनिन्छ ।

विवाहित छोरीचेलीले दाजुभाइहरूले आफ्नो भागबाट दिदीबहिनीका लागि राखेको खानाको परिकारलगायतका पकवानसहितको कोसेली आउला भनेर दिदीबहिनी दाजुभाइ आउने ब्यग्र प्रतीक्षामा बसेका हुन्छन् । वर्षभरि माइतीमा आउन नपाएका दिदीबहिनीहरु यसै पर्वको अवसरमा दाजुभाइसँग भलाकुसारी गर्ने मौका पाउँछन् ।

द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारु समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ ।

सुदुरपश्चिम प्रदेश सरकारले थारु समुदायको बसोबास रहेको कैलाली र कंचनपुरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।

आइतबार, भदौ २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !
राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने
नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

भर्खरै

  • १.
    पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !

  • ४.
    राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५.
    नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

  • ६.
    उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

  • ७.
    मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

  • ८.
    विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.