• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

किन झर्छ कपाल, किन हुन्छ मानिस टक्लु ?


    Avatar photo
शनिबार, भदौ २२, २०८१ मा प्रकाशित

नयाँदिल्ली- जब टाउको टक्लु बन्दै जान्छ, मानिसले कपाल झर्न नदिन अनेक उपाय शुरु गर्छन्। कपाल झर्नु आम विषय हो, एउटा उमेर काटेपछि स्वाभाविक रूपमा टाउको टक्लु बन्दै जान्छ।

Advertisement

तर, त्यही समस्या बालबालिका, किशोर-किशोरी र युवामा देखिन थाल्यो भने चिन्ताको विषय हो।

अमेरिकन एकेडेमी अफ डर्माटोलोजीका अनुसार कुनै मानिसको दैनिक ५० देखि १०० कपाल झर्नु सामान्य हो। कुनै मानिसको शिरमा १ लाख कपाल छन् भने केश झरेर पनि नयाँ पलाउँछन्।

नुहाउँदा सेम्पू तथा केश कोर्न काइँयो प्रयोग गर्दा कपाल झर्दैन। त्यस क्रममा झर्ने कपाल त्यसअघि नै स्केल्प अर्थात् शिरको छालाबाट अलग भइसकेका हुन्छन्।

कपाल झर्नुको खास कारण पोषक तत्त्वहरूको कमी हो। हाम्रो दैनिक डाइटमा हरिया सागसब्जी, फल र जरुरी भिटामिन, मिनरल्स आइरन र क्याल्सियमको कमी भयो भने कपाल झर्छन्। कपाललाई सही परिमाणमा प्रोटिन प्राप्त भएन भने पनि केश झर्ने समस्या देखिन्छ।

यी हुन् कपाल झर्ने कारण

– वंशाणुगत कारण
– स्केल्प अर्थात् शिरको छालामा फंगल इन्फेक्सन
– कपाललाई धेरै टाइट बाँध्नुको कारण
– कपालमा केमिकल, ब्लिच आदि प्रयोगका कारण
– शरीरमा हार्मोनल परिवर्तनका कारण
– गर्भवती अवस्था, प्रसव या महिनावारी बन्द भएका कारण
– कुनै खास मेडिकल उपचारका कारण
– क्यान्सर उपचारमा गरिने केमोथेरापी या रेडिएसनका कारण
– शरीरमा पोषक तत्त्वको कमी, खासगरी आइरन र प्रोटिन प्राप्त नहुँदा
– शरीरमा स्ट्रेस हार्मोन कार्टिसोलको मात्रा बढेका कारण
– अटोइम्युन बिरामी ऐलोपिसिया रारिएकाका कारण (यस समस्यामा इम्युन सिस्टमले सीधा हेयर फोलिकल्सलाई क्षति पुर्‍याउँछ
– थाइराइडका कारण

टक्लु बन्‍नुअघि देखिन्छन् यस्ता लक्षण

– शिरको एक खास हिस्सामा विस्तारै कपाल पातलिँदै जान्छ
– पूरै शिरमा कपाल पातलो भएर टुट्न थाल्छन्
– स साना टुक्रा भएर कपाल झर्छन्
– शिर र शरीरका अन्य अंगमा रहेका रौं झर्न थाल्छन्

कपाल झर्ने जोखिमहरू

– कपाल झर्ने पारिवारिक इतिहास
– अचानक शरीरको तौल घट्नु
– मधुमेहलगायत मेडिकल समस्या
– तनाव
– खराब न्युट्रिसन
– शरीरमा लगातार थकान महशुस हुनु
– अचानक तौल घट्नु
– शिर र शरीरका छालामा अचानक परिवर्तन
– भरखरै गरिएको सर्जरीको प्रभाव
– डाइट र न्युट्रिसनमा कुनै परिवर्तन गरियो भने
– कुनै नयाँ खोप लगाइयो या नयाँ औषधि सेवन गर्न थालियो भने

यसरी बनाऊँ कपाल मजबुत

– अण्डा सेवन- यसबाट प्रोटिन र बायोटिन प्राप्त हुन्छ। अण्डा एन्टी अक्सिडेन्ट र कोलोजेनबाट भरपूर हुन्छ।

– पालक सेवन- यसमा भिटामिन ए, सी, आइरन र फोलेट प्राप्त हुन्छ
– माछा र फ्ल्याक्स सिड्स- यी दुवैबाट ओमेगा ३ फ्याट्टी एसिड प्राप्त हुन्छ।

– सखरखण्ड- यसबाट बिटा क्यारोटिन प्राप्त हुन्छ

– सबै प्रकारका नट्स- यी खाद्यपदार्थबाट भिटामिन ई, बी, जिंक र हेल्दी फ्याट प्राप्त हुन्छ

– बिन्स- यसबाट प्रोटिन, जिंक र आइरन प्राप्त हुन्छ

यस्तै, जंकफुडको अत्यधिक सेवन, गाँजा तान्‍ने, कपालमा अत्यधिक रसायन प्रयोग गर्ने र राम्रोसँग निन्द्रा नपुग्दा पनि कपाल झर्छ।

(भास्कर डट कमबाट)

शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.