सरकारले विभिन्न देशमा रिक्त राजदूत नियुक्तिका लागि २० जनाको नाम सिफारिस गरेको छ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सेवाबाट ८ जना र १२ जनाको नाम राजनीतिक दलबाट सिफारिस गरिएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए। ‘कर्मचारी र नेताहरु मिलाएर राजदूत नियुक्ति सिफारिस गरिएको छ,’ उनले भने।
को को भए त ?
विष्णुपुकार श्रेष्ठ -चीन
दानबहादुर तामाङ -दक्षिण अफ्रिका
शर्मिला पराजुली ढकाल -स्पेन
बासुदेव मिश्र -श्रीलंका
-मिलन तुलाधर -रुस
कैलाश पोखरेल -अस्ट्रेलिया
डिल्लीराज पौडेल -मलेसिया
शान्ता रिजाल -इजरायल
ज्योति प्याकुरेल -दक्षिण कोरिया
प्रा.डा रामसुरज राय यादब -डेनमार्क
नवराज सुवेदी -साउदी अरब
नरेशविक्रम ढकाल -देश नखुलेको
परराष्ट्र सेवातर्फ -देश नखुलेको
यस्तै परराष्ट्र सेवातर्फ देश नखुलेको – घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तिर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशिलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदी।