• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

तीज विकृतिको भाष्‍य कति जायज ?


    Avatar photo
शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित

नेपाली महिला दिदी-बहिनीहरूले मनाउने गरेको चाड तीज महिनौंदेखि मनाउने गरेकोमा यसलाई विकृतिको रूपमा व्याख्या गर्ने गरेको पाइन्छ। तथापि, दशैं आउन १ महिना पहिलादेखि नै तास र मदिरामा रमाउने कार्यलाई विकृतिको रूपमा कमै मानिन्छ।

Advertisement

धर्मका नाममा हो वा अर्थोपार्जनका लागि, जे भने पनि हिउँद लागेदेखि गाउँभरि ध्वनि प्रदूषण हुने गरी लगाइएका पुराणहरूले कतिका कानका जाली फाटिएका हुन्छन् भने पढ्ने बालबालिका र ज्येष्‍ठ नागरिकहरूको हुर्मत लिँदा विकृति हुँदैन। मन्दिरमा बिहानै चर्को ध्वनिमा बज्ने भजनहरूले बेलुका अबेरसम्म पढेर सुत्‍नेहरूलाई कति दुःख दिएको होला भन्‍न सकिन्‍न।

हरेक क्षेत्रका गतिविधिहरू सामान्यभन्दा असामान्य लाग्‍ने खालका हुन सक्छन् तर ती समुदायको छनोट नै त्यही छ भने हामीले आपत्ति मान्‍नुको कुनै तुक रहँदैन।

मेरो जीवन मेरो छनोट भन्दै कोही कर्तव्यवाट विमुख बन्दै जान्छ भने त्यो नैतिकताको विषय बन्छ, कसैले बाध्य बनाउन सकिँदैन। हिजोका दिनमा आफूले तीजमा खर्च गर्ने रकमबाट केही मात्रामा कटौति गरेर महिलाहरूले बाढी पीडितहरूका लागि सहयोग गरेका उदाहरणहरू पनि छन्। यसमा उनीहरूले वहन गरेको सामाजिक जिम्मेवारीको प्रशंसा नै भएको हो।

आजका दिनमा तीज परम्परागतभन्दा फरक भएको पक्कै हो। तर, यो किन यस्तो भयो ? ठीक भयो कि बेठिक भयो ? भड्किलो भयो या फजुलखर्ची भयो ? यसको फरफारक गर्ने जिम्मेवारी पनि महिलाहरूकै हो।

आज पनि सबै महिलाहरूको अवस्था एकै छैन भन्‍ने बुझेका महिलाहरू नेतृत्व तहमा पुगेका होलान्। महिलाहरू हरेक घटना परिघटनाको विश्लेषण गर्न सक्षम नै रहेको अवस्थामा तीजलगायत अन्य हाम्रा रीतिरिवाजहरूमा उनीहरूको धारणा प्रष्‍ट रूपमा आउन सक्ने हो भने  समाजका लागि राम्रै होला।

के विकृति हो, के संस्कृति, यसको छिनोफानो कसले गर्ने ? नेपाली शब्दकोषका अनुसार विकृति भन्‍नाले परम्परा मान्यता धारणा वा विश्‍वासमा आएको परिवर्तन पनि मानिएको छ। यसलाई मान्‍ने हो भने परम्परागत मान्यता धेरैमा परिवर्तन भएको छ।

श्रीमतीको कमाइ खानु हुन्‍न भन्‍ने हाम्रो सामाजिक मान्यता धर्खराएको छ। घरायसी काममा मात्रै रहने महिलाहरू पुरुषसरह विदेश गएका छन्, महिलाको आय आर्जनले पुरुष  मात्रै नभई उसको परिवार र घर चलेको छ। परम्परागत सम्बन्धहरू भत्किएका छन्। पूर्ण रूपमा नभए पनि धेरै मात्रामा छुवाछुत हटेको छ। बोक्सी प्रथा, बाल विवाह, छाउपडीजस्ता हानीकारक सामाजिक विकृतिहरू घट्दै जान थालेका छन्।

आजका तुलनामा हिजोका दिनमा महिलामाथि विभिन्‍न किसिमका हिंसाहरू बढी नै भएका थिए। आफूमाथि भएको हिंसाको न्याय त कता हो कता अभिव्यक्त गर्ने अवसरसमेत नहुँदाको अवस्थामा तीज महिलाको आवाज बन्‍ने गरेको थियो नै।

जनै पूर्णिमादेखि साँझमा घर धन्दा सकेर एउटा घरमा भेला भई आफ्ना भोगाइ, सामाजिक विकृतिविरुद्ध गीत-संगीतको माध्यमबाट समाजमा चेतना फैलाउने आमा-दिदीहरू विश्‍वव्यापीकरणको पञ्‍जाबाट अलग रहन असम्भव नै हुन्छ। यसैको परिणामस्वरूप आज दिदी-बहिनीहरू होटल र पार्टी प्यालेसमा पुगेका हुन् भने त्यसलाई अर्घेलो किन मान्‍ने ?

सूचना र परिवर्तनमा आएको क्रान्तिले आर्थिक, सांस्कृतिक विश्‍वव्यापीकरण तीव्र रूपमा अगाडि बढेको छ। आमसञ्‍चारले सांस्कृतिक मूल्य मान्यता विशेषगरी उपभोगवादी समाजका मान्यताहरू विस्तार गरेको छ, जसका कारण हिजो सीमित मात्रामा हुने पहिरन पोशाकहरू आज छिटो-छिटो परिवर्तन हुने र जति बढी पोशाक परिवर्तन गर्‍यो, उही समृद्ध र आधुनिक हुने मान्यता स्थापित भएको छ।

त्यसको झल्को तीज, दशैंजस्ता चाडपर्वहरूमा देख्‍न सकिन्छ। महिलाहरू तीज पर्व मनाउने अवसरमा दैनन्दिन नयाँ पोशाक पहिरन अझ एकै प्रकारको पहिरनमा देखिनु यसैको परिणााम मान्‍न सकिन्छ।

वस्तुको उपभोग र संग्रह आवश्यकताका आधारमा भन्दा पनि विज्ञापन र बजारका आधारमा हुने गरेको देख्‍न सकिन्छ। बजार सशक्त रूपमा अगाडि बढेको छ। ज्ञान र विवेकका खुराकहरू कम तर एक सामानको खरिदमा एक सित्तैंमा, अनलाइन तथा घरमै सामानको डेलिभरीजस्ता विज्ञापनहरू सामाजिक सञ्‍जालमा देखिनु बजारले उपभोक्ता तयार गर्ने नीति नै हो।

यदि बजारले उपभोक्ता तयार गर्न सकेन भने पुँजीवादको अस्तित्व नै कहाँ रहन्छ र ? तास, जुवा खेल्न कानूनले वर्जित गरेको छ। तर, भारी मात्रामा तास, जुवाका साधनहरू आयात भएको देखिएको नै छ। यसले प्रष्‍ट गर्छ कि कानूनसमेत बजारका कारणले अस्तव्यस्त बनेको छ।

अब त गाउँहरूमा समेत सामाजिक क्रियाकलापहरूको ढाँचा परिवर्तन भएको छ। गाउँ-गाउँमा समेत पार्टी प्यालेस नामका भवनहरू निर्माण भएका छन्। नभएका स्थानमा समेत सामुदायिक भवनहरू वग्रेल्ती निर्माण हुने गरेका छन्।

उत्पादनमा जोडिने र श्रममा विश्‍वास गर्नेहरूको संख्या क्रमशः घट्दै गएको छ। रेमिट्यान्सले मौलाएको नेपाली समाज उपभोक्तावादी भएकोमा राज्यलाई त चिन्ता छैन नै, अनेकन वित्तीय साक्षरताका कक्षाहरू सञ्‍चालनका बावजुद व्यक्तिहरूमा समेत बचत गर्ने र उद्यमशील बन्‍ने अवस्था सिर्जना हुन सकेन।

समग्रमा भन्‍ने हो भने आधा आकाश महिनौंदेखि खुशीमा रमाएको छ। कर्पोरेट कार्यालयहरूले त विगतदेखि नै तीजका लागि खर्च छुट्याएका नै थिए, अब त दलका भातृ संगठनहरूले समेत तीजको तामझामका माझ आफ्ना राजनीतिक (?) गतिविधि गर्न थालेका छन्। हामी यति मात्रै भनौं- यो एक महिने तीजको रमझममा तल्लो वर्गका महिलाहरू समेत संलग्‍न हुन सक्ने वातावरण बनोस् र अति भोजनको मारमा हाम्रा चेलीहरू बिरामी नबनून्। ह्याप्पी तीज !

शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भर्खरै

  • १.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • २.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ३.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ४.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ५.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ६.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ७.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ८.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.