नयाँदिल्ली- महको इतिहास सबै प्राचीन सभ्यताहरूसँग जोडिएको छ। यो कुनै ठाउँमा भोजनको मुख्य हिस्सा बन्यो भने कतै औषधीय प्रयोगमा रह्यो।
Advertisement
प्राचीन मिस्र (इजिप्ट)मा घाउको दबाइ र शवहरूलाई सड्न नदिन यसको प्रयोग गरियो। चीनमा शरीरको ऊर्जा सन्तुलन र हार्मोनल ब्यालेन्सिङका लागि प्रयोग गरियो। भारतीय उपमहाद्विपमा यसलाई भोजन, औषधीय, आध्यात्मिक र व्यावसायिक प्रयोगमा ल्याइयो।
यी हुन् महका १० फाइदा
– एन्टी-अक्सिडेन्ट्सबाट भरपुर
– मेमोरी डिसअर्डरबाट बचाउँछ
– एन्टी इन्फ्लेमेटरी गुण हुन्छ
– ब्लड प्रेसर कम गर्न मद्दत गर्छ
– ब्लड सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ
– कफ र घाँटीको समस्यामा लाभदायी हुन्छ
– घाउ र जलनको समस्यामा लाभदायी हुन्छ
– डण्डीफोरको समस्याबाट मुक्ति दिलाउँछ
– मुटुको स्वास्थ्यका लागि अति लाभदायी हुन्छ
– पेटका समस्याहरूबाट राहत दिलाउँछ