नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रेनु दाहाल मार्फत मानिसहरुले आफुलाई चिन्न थालेको बताएका छन ।
बुधबार चितवनमा सुकुमबासीलाई लालपुर्जा वितरण गर्दै उनले पहिलो स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिका प्रमुखको रूपमा रेनु दाहाल आउँदा सबैले प्रचण्डको छोरी आयो भन्ने गरे पनि अहिले आफू रेनुको बुवा भनेर चिनिने गरेको बताए।
रेनुको आफ्नै त्याग तपस्या थियो। रोल्पा, रुकुमदेखि भूमिगत रूपमा जनयुद्धकालमा काम गरेको आफ्नै अनुभव थियो। तर २०७४ को चुनावमा आउँदा उनको परिचय प्रचण्डको छोरी भन्ने थियो।
तर मलाई खुसी छ, अहिले आउँदा अब प्रचण्डको छोरी हैन, रेनुको बुवा प्रचण्ड भएको छ।
महिला लाई जिम्मेवारी दिने इच्छा
प्रचण्डले आउँदो निर्वाचनमा धेरै ठाउँको पालिका प्रमुख महिला बनाउने विचारमा रहेको समेत बताएका थिए । महिलालाई जिम्मेवारी दिएमा बेइमानी, जालझेल र षड्यन्त्र कम हुने भन्दै यस्तो बताएका हुन्। अहिले नेपाल सरकारको मन्त्रीमा हुनुभएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालबाट देखिएको भन्दै उनले प्रशंसासमेत गरे। उनले भरतपुर महानगरपालिकामा मेयर र उपमेयर महिला भएको भन्दै प्रचण्डले सामूहिक विवेकको प्रयोग गरेर विकासको लहर सृष्टि भएको बताए।