• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

आचारसंहितामा एमालेको आपत्ति


    Avatar photo
बुधबार, चैत २३, २०७८ मा प्रकाशित

निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा आपत्ति जनाउँदै एमालेले कार्यान्वयन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेको छ ।

Advertisement

आचारसंहितामा संविधान र कानुनसँग मेल नखाने तथा अनुगमनको दायरामा ल्याउन नसकिने विषय राखिएको भन्दै एमालेले आपत्ति जनाएको हो ।
आयोगले आचारसंहिता कार्यान्वयन प्रतिबद्धताका लागि मंगलबार सर्वदलीय बैठक बोलाएको थियो । पार्टीबाट प्रतिनिधित्व गरेका एमाले कानुन विभागका प्रमुख रमेश बडालले आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुअघि आफूहरूले केही विषय राख्न खोजेको मंगलबारको बैठकमा वातावरण नबनेको बताए । स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालबाट मत माग्न नहुने, गैरसरकारी संस्था मा कार्यरतले मत माग्न नपाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवार हुनुपहिला राजीनामा दिनुपर्ने, मतपत्रको रङ जस्ता विषयमा धारणा राख्न चाहेको बडालको भनाइ छ । ‘सामाजिक सञ्जाल प्रयोग गर्न पाइँदैन भनिएको छ । हामी देशभरि फेसबुक मनिटर गर्न सक्छौं ? एनजीओमा काम गर्नेलाई भोट माग्न रोक लगाइएको छ । क्लबहरू एनजीओ होइनन् ?’ उनले भने ।

आयोगले कार्यान्वयन प्रतिबद्धता मागेको आचारसंहितामा उम्मेदवारी दर्ता गर्नुपहिले स्थानीय तहका जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने उल्लेख छ । ‘आयोगले जनप्रतिनिधिले राजीनामा दिनुपर्ने कुरा ऐनमा छ भनेर स्पष्टीकरण दिएको छ । हामीले पहिलेदेखि त्यो राख्नु हुँदैन भनेका थियौं । अदालतले अन्तरिम आदेश दिएपछि आयोगले अदालतको सम्मान गर्दै त्यसलाई झिकेर फालिदिए हुन्छ । त्यो त आयोगको निर्णय हो,’ बडालले भने । उम्मेदवार दर्ताका लागि दुई दिन समय दिएकामा पनि एमालेको असन्तुष्टि छ । आयोगले वैशाख ११ र १२ मा उम्मेदवार मनोनयन दर्ता गर्ने मिति तोकेको छ ।

आयोगले बोलाएको बैठकको सुरुमै विवाद भएको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलका प्रतिनिधिलाई आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न भनेका थिए । त्यसपछि साना राजनीतिक दलका प्रतिनिधिले आफ्नो कुरा राख्न पाउनुपर्ने माग गरे । जवाफमा थपलियासहितले ‘तपाईंहरूलाई आज बोल्ने होइन, सही गर्नुस्, जानुस्’ भनेपछि विवाद भएको एक दलका प्रतिनिधिले बताए । उनीहरूले आचारसंहिता निर्माण गर्दा पनि नसोधिएको र कार्यान्वयन प्रतिबद्धतामा हस्ताक्षर गर्दा पनि आफ्नो कुरा राख्न नपाइएको बताएका थिए ।

आयोगसँग सम्बन्धित विषय हेर्ने सत्तारूढ माओवादी केन्द्रका केन्द्रीय सदस्य लीलामणि पोखरेलले निर्वाचनका लागि संविधान र कानुनविपरीत दबाब दिने प्रतिपक्षको आचारसंहितामा विरोध सुहाउँदो नभएको बताए । आचारसंहिता कार्यान्वयन प्रतिबद्धतापत्रमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, माओवादी नेता पोखरेल, एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले हस्ताक्षर गरेका थिए ।

बुधबार, चैत २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.