कैलाली- जिल्ला सुरक्षा समिति कैलालीले आज डुबान क्षेत्रमा अनुगमन गरेको छ ।
Advertisement
कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र सहितको टोलीले कैलारी गाउपालिका र भजनी नगरापालिकाको बाढी पिडित क्षेत्र अनुगमन गरेको हो ।
टोलीमा जिल्ला स्थित सुरक्षा निकायका सशस्त्र प्रहरी, नेपाल आर्मी र राष्ट्रिय अनुसन्धानका कार्मचारी रहेका थिए ।
मंगलबार रातिदेखिको अबिरल बर्षाका कारण कैलालीका बिभिन्न ठाउँमा डुबान भएको छ । काँढा, पथरैया, कान्द्रा र मोहना नदीमा आएको बाढी बस्तीमा पसेपछि डुबानमा परेका छन् ।