• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

सरकारी छात्रवृत्तिमा विदेश पढ्न गएका अधिकृतहरू विदेशमै बेपत्ता


    Avatar photo
मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित

राज्यले विभिन्न क्षेत्रमा विज्ञ जनशक्ति उत्पादन गर्न कर्मचारी छनोट गरेर छात्रवृत्तिमा वैदेशिक अध्ययनमा पठाउँछ । विदेशमा गरेको अध्ययन र सिकेको सीप स्वदेशमा सदुपयोग गर्ने उद्देश्यले पठाइने कर्मचारीले भने छात्रवृत्तिको दुरुपयोग गर्ने गरेका छन् । अध्ययन अवधिको सरकारी सुविधासमेत भोग गरेका कैयौँ कर्मचारी अध्ययन सकिएपछि उतै पलायन भएका हुन् । जसले राज्यको करोडौँ लगानी बेकाम भएको छ ।

Advertisement

सरकारी कोटाको छात्रवृत्तिमा विदेश जाने र अध्ययन सकिएपछि सबै सर्त र कबुलियतनामा उल्लंघन गर्नेमा अधिकारी एक्ला होइनन् । कृषि मन्त्रालयकै उपसचिव श्रेणीकै वरिष्ठ कृषि प्रसार अधिकृत जयन्तीकुमारी भुसाल विदेश अध्ययन सकिएको लामो समयसम्म मन्त्रालयमा हाजिर छैनन् ।

त्यस्तै, कृषि मन्त्रालयकै बाली संरक्षण अधिकृत भीम चौलागाईं पनि छात्रवृत्तिका लागि बिदा स्वीकृत गराएर विदेश उडेका थिए । तर, सरकारले दिएको अवसर दुरुपयोग गरेर विदेशकै आकर्षक सुविधा र आम्दानीमा रमे । १५ साउन ०७६ देखि उनी अनुपस्थित रहेको मन्त्रालयले जनाएको छ ।

अर्का बाली संरक्षण अधिकृत रामकृष्ण कहार पनि छात्रवृत्तिमा विदेश अध्ययन गरेर फरार छन् । कृषि अर्थविज्ञ कृपा ढकालसमेत छात्रवृत्तिमा विदेशमा अध्ययन गरेर नेपाल फर्केकी छैनन् । मन्त्रालयका अनुसार उनी गत १८ जेठदेखि अनुपस्थित छिन् ।

कृषि मन्त्रालयले यी पाँचै कर्मचारीलाई कारबाहीको तयारी गरेको छ । ‘सरकारी छात्रवृत्तिमा वैदेशिक अध्ययनमा गएर स्वदेश नफर्किने पाँचै कर्मचारीलाई विभागीय सजाय हुनुपर्नेको सूचीमा राखिएको छ,’ मन्त्रालयका शाखा अधिकृत मेघराज पन्तले भने, ‘उनीहरूलाई कारबाही गर्ने विषयमा प्रक्रिया अघि बढेको छ ।’

कृषि मन्त्रालयकै पशुतर्फका ११ कर्मचारी पनि अध्ययन छात्रवृत्तिमा विदेश गएर स्वदेश फर्किएका छैनन् । कतिपय त सेवानिवृत्तसमेत भइसकेका छन् । मन्त्रालयका अनुसार भेटेरिनरीतर्फका उपसचिवद्वय खड्कसिंह विष्ट र शिवचन्द्र घिमिरे छात्रवृत्ति सकेर देशमा सेवा दिने वेला बेपत्ता भए । विष्ट ७ पुस ०६७ र घिमिरे १५ चैत ०५७ मा छात्रवृत्ति स्वीकृत भएर अध्ययनका लागि विदेश उडेका थिए ।

१४ असोज ०७३ मा छात्रवृत्ति स्वीकृत गराएर विदेश गएका अर्का उपसचिव कमलराज आचार्य पनि उतै गायब भए । त्यस्तै, भेटेरिनरी अधिकृतहरू तोयानाथ बराल, तुलसीराम थापा, विनु श्रेष्ठ, सुवास सिवाकोटी, अञ्जनकुमार चालिसे विदेश अध्ययन सकेर फर्किएनन् । बरालको ७ पुस ०५६, थापाको २५ असोज ०५५, श्रेष्ठको ५ जेठ ०६९, सिवाकोटीको ३० पुस ०७० र चालिसेको १४ कात्तिक ०५३ मा छात्रवृत्ति स्वीकृत भएको थियो ।

त्यस्तै, शाखा अधिकृत श्रेणीका पशु चिकित्सकहरू रिमादेवी श्रेष्ठ, घ्याग्याल्पो पुनेल र यादव शर्मा बजगाईं पनि सरकारी छात्रवृत्तिमा विदेश पढेर देश नफर्किनेको सूचीमा छन् । श्रेष्ठको ५ जेठ ०६९, पुनेलको १६ पुस ०५५ र बजगाईंको ११ पुस ०७४ मा छात्रवृत्ति स्वीकृत भएको थियो ।

मन्त्रालयका शाखा अधिकृत भीम रिमालका अनुसार उनीहरूमाथि कानुनी कारबाही अघि बढेको छ । ‘सरकारी छात्रवृत्तिमा विदेश गएर सर्त उल्लंघन गरी देशै नफर्किने कर्मचारीहरूमाथि कानुनी कारबाहीका लागि लोकसेवामा पठाएका थियौँ,’ उनले भने, ‘लोकसेवाले मन्त्रालयसँग थप प्रक्रिया र जानकारी माग गरेकाले त्यो पठाउने क्रममा छौँ ।’

छात्रवृत्ति पाएर देश नफर्किने कर्मचारीलाई हाजिर नहुनुको कारणबारे स्पष्टीकरणका लागि मन्त्रालयले दुईपटक गोरखापत्रमा सूचना प्रकाशित गरिसकेको छ । मन्त्रालयले अघिल्लो वर्ष २ पुस र १४ माघमा गोरखापत्रमा सूचना निकालेको थियो । निजामती सेवा ऐनको दफा ६६ र ६७ अनुसार सूचना प्रकाशित गरिएको रिमालले बताए । तर, यसबाट पनि जवाफ नआएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागकी इन्जिनियर सुवर्णशोभा शाक्य सरकारी छात्रवृत्ति सुविधामा नेदरल्यान्ड्स गएर पढिन्, तर उनीमाथि सरकारले गरेको लगानी पनि बेकार भयो । नेदरल्यान्ड्स फेलोसिप प्रोग्रामअन्तर्गत सहरी वातावरण व्यवस्थापन विषयमा स्नातकोत्तर गर्न नेदरल्यान्ड्स हिँडेकी उनी देश फर्किनन् । उनी १२ साउन ०६७ मा अध्ययन बिदामा दुई वर्षका लागि नेदरल्यान्ड्स गएकी थिइन् । दुई वर्षको पूरा अवधि उनले सरकारी तलब र पदअनुसारका सबै सुविधा भोग गरिन् ।

छात्रवृत्तिमा विदेश गएर नफर्केपछि सहरी विकास मन्त्रालयले उनलाई सेवाबाट अयोग्य नठहरिने गरी हटाउने निर्णय ०७१ नै गरिसकेको छ । उक्त अवधिमा लिएको सरकारी तलब सुविधा असुल गर्नुपर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । १६ भदौ ०६७ देखि १६ भदौ ०६९ सम्मको अवधिमा उनले सरकारी तलबबापत लिएको ६ लाख २५ हजार असुलउपर गर्ने निर्णय गरेर विभाग पठाइएको विभागका उपसचिव टीकाराम ढकालले बताए । तर, विभागले असुलउपरसहित कारबाही गरिएको निर्णय पठाइनसकेको उनको भनाइ छ ।

अर्थ मन्त्रालयकी शाखा अधिकृत विजया आचार्य पनि सरकारी छात्रवृत्तिमा विदेश पढेर उतै पलायन भइन् । सरकारी छात्रवृत्तिमा ०६३ मा अमेरिका गएकी उनी जागिर छाडेर उतै बसेकी हुन् ।

स्वास्थ्य मन्त्रालयकी आठौँ तहकी सोनिया कोइराला छात्रवृत्तिमा अमेरिका गएर फर्किइनन् । छाला रोगकी डाक्टर कोइराला तीनवर्षे छात्रवृत्तिमा अमेरिका गएकी थिइन् । ०७३ मा अमेरिका गएर पढ्न सुरु गरेकी उनी ०७६ मा ‘पास आउट’ भएकी थिइन् । तीनवर्षे अवधिको पूरा समय उनले समकक्षी डाक्टरले पाउने सम्पूर्ण तलब सुविधा पनि लिइन् । उनीमाथि करिब एक करोड लगानी भएको मन्त्रालयका अधिकारीहरू बताउँछन् । तर, उक्त लगानीको लाभ देशले पाएन । उनले स्वदेश फर्किएर सरकारले तोकेको ठाउँमा तीन वर्ष सेवा दिनुपथ्र्यो । तर, आकर्षक सेवा–सुविधा पाएपछि उनी अमेरिका नै बसिन् । अहिले स्वास्थ्य मन्त्रालयले उनको खोजीका लागि परराष्ट्र मन्त्रालयसँग सहयोग मागेको छ ।

उद्योग मन्त्रालय अन्र्तगतको खानी तथा भूगर्भ विभागका चार कर्मचारी पनि अध्ययनका लागि विदेश गएर उतै बसेका छन् । सिनियर भूगर्भविद् सुदीप श्रेष्ठ क्यानाडा गएकामा नफकिएका हुन् । अमेरिका गएका भूगर्भविद् रोशन कोइराला पनि नफर्किएपछि विभागले कारबाही प्रक्रिया अघि बढाएको छ ।

भूगर्भविद् सन्तोष अधिकारी अध्ययनका लागि चीन गएका थिए । कोरोनाको समयमा अध्ययन पूरा नगरी नेपाल फर्किए । अध्ययनपछिको सेवा अवधि पूरा नगरी उनी पछि व्यक्तिगत पहलमा अमेरिका गइसकेका छन् । त्यस्तै, सहायक भूगर्भविद् सम्झना बुढाथोकी छात्रवृत्तिमा जापान गएर फर्किएकी छैनन् । भूगर्भविद्हरूलाई विदेशमा पनि राम्रो अवसर हुने भएकाले सरकारी सेवामा टिकाउनै गाह्रो भएको विभागका एक उच्च अधिकारी बताउँछन् ।

साबिक सिँचाइ मन्त्रालय तथा हालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट छात्रवृत्तिमा विदेश गएर ६ कर्मचारी फरार भएका छन् । अध्ययन सकाएपछि उपसचिवहरू मेकानिकल सिडिई हरिचरण घिमिरे र हाइड्रोलोजिस्ट विजयकुमार पोखरेल गायब भए । सिभिल इन्जिनियरद्वय प्रभा शाह र प्रमिला अधिकारी, शाखा अधिकृत केमिस्ट विष्णुप्रसाद सुवेदी र इन्जिनियर शैलेन्द्र सिंह पनि देश फर्किएनन् । मन्त्रालयले सबैलाई कारबाही गरेको छ । सबैलाई सेवाबाट हटाइएको मन्त्रालयका शाखा अधिकृत राजबहादुर विष्टले बताए । ०७५ को १७ साउनमा शाहलाई, २ असोजमा सुवेदीलाई २३ मंसिरमा पोखरेललाई, १२ पुसमा घिमिरे र सिंहलाई हटाइएको हो । अधिकारीलाई भने ५ जेठ ०७६ मा हटाइएको थियो । लगातार ९० दिनभन्दा बढी अनुपस्थित भएपछि सेवाबाट हटाइएको विष्टले बताए । निजामती सेवा ऐनमा बिदा स्वीकृत नगराई लगातार ९० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित भएमा सेवाबाट हटाउन सकिने व्यवस्था छ । तर, उनीहरूले सरकारबाट लिएको सेवा–सुविधा भने असुलउपर भएको छैन । शाखा अधिकृत विष्टका अनुसार उनीहरूमध्ये अधिकांश बेतलबी बिदामा विदेश गएका हुन् । ‘तलबी बिदामा गएकाहरूको असुलउपर हुन्छ,’ उनले भने ।

निजामती सेवा ऐनमा विदेशमा अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि नेपाल फर्केर निश्चित समय अनिवार्य सेवा गर्नुपर्ने व्यवस्था छ । सरकारको मनोनयनमा अध्ययन गर्ने, तालिम लिने वा अध्ययन भ्रमणमा जाने कर्मचारीले त्यस्तो अध्ययन, तालिम वा अध्ययन पूरा गरेपछि सुविधा लिनुअघि कार्यरत रहेको मन्त्रालय वा कार्यालयमा सेवा गर्नुपर्ने न्यूनतम अवधि उल्लेख छ । त्यसमा तीन महिनासम्म अध्ययन वा तालिम गरेकाले एक वर्ष र तीन महिनादेखि ६ महिनासम्म गरेकाले डेढ वर्ष अनिवार्य सेवा गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, ६ महिनादेखि नौ महिनासम्म अध्ययन वा तालिम गरेको कर्मचारीले दुई वर्ष, नौ महिनादेखि एक वर्षसम्म गरेकाले तीन वर्ष र एक वर्षदेखि दुई वर्षसम्म गरेकाले चार वर्षसम्म सरकारले तोकेको अनिवार्य सेवा गर्नुपर्छ । सरकारी छात्रवृत्तिमा दुईदेखि तीन वर्षसम्म विदेशमा अध्ययन वा तालिम लिएकाले पाँच वर्ष, तीनदेखि चार वर्षसम्म लिएकाले सात वर्ष र चारदेखि पाँच वर्षसम्म लिएकाले आठ वर्ष अनिवार्य सेवा गर्नुपर्ने व्यवस्था छ । यसको कबुलियतनामा छात्रवृत्तिमा अध्ययन बिदामा जानुअघि नै गर्नुपर्छ । तर, कर्मचारीले ऐनको यो व्यवस्थाबमोजिम सेवा गरेका छैनन् । न यसबारे अनुगमन नै भएको छ ।

नोट : यसअघि असावधानीबस लोकान्तर डट कममा प्रकाशित स्केच यस सामग्रीमा प्रकाशित भएकामा क्षमाप्रार्थी छौं । त्यस्तो त्रुटि भविष्यमा नदोहोरिने प्रतिबद्धता जनाउँछौं । प्रधान सम्पादक

#स्राेत – नयाँ पत्रिका

मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.