काठमाडौं- हामी कुनै कारणवश वा काममा बाहिर निस्किने बेलामा संयोगवश शरीरमा पंक्षीहरूको दिसा (बिस्टा) पर्यो भने त्यसलाई अशुभ भन्ने गरिन्छ। यसको कारण के होला भन्ने धेरैलाई जानकारी छैन। तर, कुनै अशुभ हुने त्रास सबैमा पाइन्छ।
Advertisement
शरीरमा त्यसमा पनि टाउकोमा चराको दिसा पर्नुलाई निकै अशुभ मानिन्छ। त्यसरी शरीरमा पंक्षीको दिसा परेको बेला रिस पनि उठ्छ। ज्योतिषशास्त्रअनुसार यसरी उडिरहेको चराले मानिसको जिउमा दिशा गर्नुलाई शुभ मानिएको छ।
ज्योतिष शास्त्रका अनुसार संयोगवश चरा चुरुंगीले शरीरमा बिस्ट्याउँदा धन लाभ हुने संकेत गर्छ। उक्त दिन शुभ समाचार आउने र लामो समयदेखि रोकिएर बसेका कामहरू पूरा हुने संकेत मानिन्छ।
चरा आफू गएको दिशातिर जान्छ वा दाहिने दिशातर्फ नगई उल्टो वा देब्रेतर्फ गएको देख्नुभयो भने यात्रा गर्न नहुने तथा अशुभ मानिने शास्त्रमा उल्लेख गरिएको छ।