• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

बंगलादेशी हिन्दूमाथि साँच्चिकै अत्याचार कि अतिरञ्जना ?


    Avatar photo
बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित

काठमाडौं- बंगलादेशको एक हिन्दू मन्दिर नजिकै आगो दन्किएको भिडियो सामाजिक सञ्जालमा एकाएक भाइरल भयो। पोस्टमा दाबा गरिएको थियो- ‘बंगलादेशको चटगाउँको नवग्रह मन्दिरमा इस्लामवादीद्वारा आक्रमण’। तर, उक्त भिडियो सत्य भए पनि पोस्टमा गरिएको दाबा भने झुठो ठहरिएको छ। आगलागी मन्दिरमा नभई मन्दिर नजिक अवामी लिगको पार्टी कार्यालयमा भएको पुष्टि भयो।

Advertisement

विद्यार्थी आन्दोलनले बंगलादेशी पूर्व प्रधानमन्त्री शेख हसिनालाई देश छोड्न बाध्य बनायो। तर, आन्दोलन रोकिएको छैन। विजय उत्सव हिंसात्मक बनेको छ। आन्दोलनकारीहरूले हसिनाको पार्टी अवामी लिगका कार्यालय र कार्यकर्तामाथि निरन्तर निशाना साँधिरहेका छन्। अल्पसंख्यहरूमाथि पनि आक्रमणका घटनाहरू बाहिरिएका छन्।

तर, बंगलादेशमा अशान्ति मच्चिएको बेला केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरू साम्प्रदायिक घृणा फैलाउन उद्यत देखिन्छन्। यस्ता घटनामाथि अतिरञ्जना र भ्रामक सूचना फैलाउने क्रम बढेपछि वास्तविक घटना भने ओझेलमा पर्नसक्ने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

भएको के थियो ?

उक्त भिडियोमा देखाइएको दृश्य ५ अगस्टको हो। भिडियोमा देखिएको मन्दिर चटगाउँको ‘नवग्रह मन्दिर’। तर, आगलागी मन्दिरमा नभई नजिकको हसिनाको पार्टी ‘अवामी लिग’को कार्यालयमा भएको बीबीसीले दाबी गरेको छ।

मन्दिरका कर्मचारी स्वपन दासलाई उद्धृत गर्दै बीबीसीले उक्त आगजनीको सम्बन्ध मन्दिरसँग नरहेको दाबी गरेको हो। ‘५ अगस्ट दिउँसो मन्दिर पछाडि रहेको अवामी लिगको कार्यालय परिसरमा हमला भएको थियो। उनीहरूले फर्निचर बाहिर ल्याएर आगो लगाएका थिए,’ बीबीसीले मन्दिर व्यवस्थापनलाई उद्धृत गर्दै मुस्लिम समुदायले मन्दिरमा पालैपालो पहरा दिइरहेको दाबी गरेको छ।

सामाजिक सञ्जालमा हिन्दू तर अतिवादी मानसिकता बोकेका भारतीयलगायत धुर-दक्षिणपन्थीहरू बंगलादेशमा हिन्दू-मुस्लिमको नाममा साम्प्रदायिक घृणा फैलाउन लागिपरेको बीबीसीको दाबी छ।

तर, बंगलादेशमा हिन्दूहरूमाथि साँच्चै नै दमन भइरहेको परराष्ट्रविद अरुणकुमार सुवेदी बताउँछन्। अतिरञ्जना गरियो भन्‍ने आरोप सत्य नभएको उनी बताउँछन्। आग्रहको मानसिकता बोकेका मानिसहरूले सत्यलाई ढाकछोप गरिरहेको उनको दाबी छ।

भन्छन्, ‘कोलकातामा एक महिला डाक्टरको बलात्कारपछि हत्या भयो। संयोगले उनी हिन्दू थिइन्। उनको ठाउँमा इस्लाम नाम भइदिएको भए भारतकै प्रतिपक्षी कांग्रेसदेखि कम्युनिस्टहरू कति कराउँथे होला ? अहिले के रेस्पोन्स छ ? हिन्दू र बुद्धिस्टमाथिको दमनका विषयमा कथित लेफ्ट र आफूलाई उदार स्कुलको भन्‍नेहरूले सहिष्णुताका नाममा अगाडि बढाइरहेका छैनन्।’

५२ जिल्लामा २७५ आक्रमण, २० हिन्दू मन्दिर तोडफोड

शेख हसिनाले राजीनामा दिएपछि विजय जुलुस निकालेका आन्दोलनकारी सम्हालिन नसक्दा बंगलादेश अझै अशान्त छ। उनीहरूले अवामी लिगका नेता-कार्यकर्ता र अल्पसंख्यक समुदायलाई निशाना बनाइरहेका समाचार आइरहेका छन्।

परराष्ट्रविद सुवेदी अहिले पनि बंगलादेशमा हिन्दूमाथि दमन भइरहेको बताउँछन्। भन्छन्, ‘दमन भइरहेको छ। यद्यपि, त्यहाँको सरकार र सेनाले नियन्त्रण गर्ने भनिरहेको छ। तथापि, त्यहाँ खौफको वातावरण कायमै छ।’

आफ्नो समुदायमाथि आक्रमणका घटना बढेपछि एक साताअघि हजारौं बंगलादेशी हिन्दूहरूले राजधानी ढाका ठप्प पारेका थिए। उनीहरूले आफ्नो सुरक्षाका साथै संसदमा अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्‍चित गर्न १० प्रतिशत आरक्षणको व्यवस्था मागेका छन्।

१५ दिनको अवधिमा ५२ जिल्लामा २७५ भन्दा बढी स्थानमा हिन्दू समुदाय लक्षित आक्रमण भएको द प्रिन्टले उल्लेख गरेको छ। आक्रमणकारीले हिन्दू समुदाय र अवामी लिगका नेता-कार्यकर्ताको व्यापार, आवास तथा मन्दिरहरूमा आक्रमण जारी राखेका छन्। आक्रमणमा परी हालसम्म ५ जना हिन्दू समुदायका मानिसले ज्यान गुमाएका छन्।

अल्पसंख्यकमाथि आक्रमणका घटना बाहिरिएपछि बंगलादेशका अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले त्यसको निन्दा गरेका छन्। १३ अगस्टमा ढाकास्थित प्रसिद्ध ढाकेश्‍वरी मन्दिरमा पुगेका युनुसले हिन्दू समुदायका अगुवाहरूसमक्ष सुरक्षाको आश्‍वासन दिएका थिए। उनले अधिकार सबैका लागि बराबर हुने भन्दै केही समय धैर्य अपनाउँदै सहयोग गर्न आग्रह गरेको ‘द डेली स्टार’ समाचारपत्रले उल्लेख गरेको थियो।

युनुसले भनेका थिए, ‘अधिकार सबैका लागि बराबर हुन्छ। हामी सबै एउटै अधिकार भएका जनता हौं। हामीबीच कुनै भेदभाव हुने काम हुनु हुँदैन। कृपया, हामीलाई सहयोग गर्नुहोस्। धैर्य गर्नुहोस्, हामी केही गर्न सफल हुन्छौं वा असफल, पछि मूल्यांकन गर्नुहोस्। यदि हामी असफल भयौं भने आलोचना गर्नुहोला।’

‘द प्रिन्ट’का लागि आमना बेगम लेख्छिन्, ‘यस घटनालाई अति सरलीकरण गर्नु पीडितहरूमाथि अन्याय हो। उत्पीडनको आफ्नै कारण हुन्छ र त्यसमाथि सोहीअनुसार छलफल गरिनुपर्छ। बंगलादेशी मानिसहरूको मनमा हिन्दू समुदायप्रति निर्विवाद घृणाको भावना छ। र, यो बुझ्नु अति आवश्यक छ कि यो भावनाको उत्पत्ति कहाँबाट भइरहेको छ ?’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको स्वतन्त्रता दिवसको दिन लालकिल्लाबाट सम्बोधन गर्दै बंगलादेशमा हिन्दूहरूको सुरक्षाबारे भारतको उच्च चासो रहेको बताएका थिए। त्यहाँ रहेका हिन्दू र अल्पसंख्यकहरूको सुरक्षा सुनिश्‍चिततामा १४० करोड भारतीयको चासो रहेको बताएका ‘टाइम्स अफ इन्डिया’ले उल्लेख गरेको थियो। मोदीले लालकिल्लाबाट बंगलादेशको अवस्था चाँडै सामान्य हुने आशा रहेको बताएका थिए।

मोदीले भनेका थिए, ‘छिमेकी राष्ट्रका रूपमा म बंगलादेशमा जे भएको छ, त्यसको चिन्ता बुझ्न सक्छु। म आशा गर्छु कि त्यहाँको अवस्था छिट्टै सामान्य हुनेछ। त्यहाँ रहेका हिन्दू र  अल्पसंख्यकहरूको सुरक्षा सुनिश्‍चित गर्नु १४० करोड देशवासीहरूको चासो बनेको छ। भारत सधैं हाम्रा छिमेकी देशहरू समृद्धि र शान्तिको बाटोमा हिँडेको देख्‍न चाहन्छ।’

मोदीले बंगलादेशको अन्तरिम सरकारले अल्पसंख्यकको सुरक्षा गर्ने प्रतिबद्धता गरेको बताएका छन्। अन्तरिम सरकारका प्रमुख सल्लाहकार युनुससँगको टेलिफोन वार्तापछि मोदीले एक्समार्फत भनेका थिए, ‘उनले बंगलादेशका हिन्दू र सबै अल्पसंख्यकहरूको सुरक्षा र संरक्षणको आश्‍वासन दिएका छन्।’

इतिहासमा पनि हिन्दूमाथि ज्यादती !

सन् १९७१ को स्वतन्त्रता आन्दोलनका क्रममा बंगाली र उर्दू भाषीहरू बीचमा द्वन्द्व मच्चियो। पाकिस्तानी सेनाले सबै धर्मका स्वतन्त्रता पक्षधरहरू विशेषतः बंगाली भाषी राष्ट्रवादीहरूमाथि निशाना बनाएको थियो। त्यसमा पनि धेरै आक्रमण विद्यार्थी, बुद्धिजीवी र हिन्दू ूलक्षित भएको इतिहासकारहरू बताउँछन्।

स्वतन्त्रता आन्दोलनमा करिब ३० लाख मानिस मारिएका र ३ लाखभन्दा बढी महिला र बालिकाहरू पाकिस्तानी सेना र स्थानीय सहयोगीहरूबाट बलात्कृत भएका बंगलादेशी अधिकारीहरूले बताएका थिए। तर, पाकिस्तानको तर्फबाट बनेको ‘हमुदुर रहमान आयोग’ले २६ हजार मानिसहरू हताहत भएका रिपोर्ट सार्वजनिक गरेको थियो।

इमाम (मुस्लिम धर्मगुरु)हरूले बंगाली महिलाहरूलाई सार्वजनिक सम्पत्ति घोषणा गरिदिएपछि पाकिस्तानी सेना र तिनका सहयोगीहरूलाई बंगाली महिलाहरूलाई बलात्कार गर्न स्वीकार्य भएको बंगलादेशले आरोप लगाएको थियो। त्यस समयमा पाकिस्तानी सेनाले कथित बलात्कार शिविर नै खडा गरेर बंगाली हिन्दू महिला र बालिकाहरूमाथि ज्यादती गरेको बंगलादेशको आरोप छ।

सन् १९९२ मा भारतमा विश्‍व हिन्दू परिषद र सहयोगी संस्थाहरूको नेतृत्वमा बाबरी मस्जिदमा विध्वंस मच्चियो। त्यसको असर पूरै भारतीय उपमहाद्वीपमा परेको थियो। हिन्दू-मुस्लिम हिंसा भड्किएको थियो। त्यसबेला बंगलादेशका धार्मिक अल्पसंख्यहरूमाथि पनि धेरै आक्रमण भएका विज्ञहरू बताउँछन्।

सन् १९७० को दशकपछि दक्षिण एसियाका मुस्लिम देशहरूमा हिन्दूहरूको जनसंख्यामा नाटकीय रूपमा गिरावट देखिन्छ। पाकिस्तान, अफगानिस्तान र बंगलादेशमा हिन्दूहरूको संख्या चिन्ताजनक रूपमा घटिरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

सन् १९७४ मा बंगलादेशमा १३.५ प्रतिशत हिन्दूहरू रहेकामा २०२२ को जनगणनामा ८ प्रतिशतमा खुम्चिएका छन्। यसबीचमा हिन्दू ूहरूमाथि दमनका घटना उल्लेख्य बढेको र जबर्जस्ती धर्मान्तरणका साथै देश छोड्नसमेत बाध्य पारिएको विज्ञहरू बताउँछन्।

बंगलादेशको जनगणनामा हिन्दूहरूको घट्दो संख्याले उक्त आरोपलाई बल पुर्‍याएको छ। सन् १९७० को दशकमा अफगानिस्तानमा ७ लाख हाराहारीमा रहेका हिन्दूको संख्या २०२१ सम्ममा ४०-५० जनाको बीचमा हुन सक्ने ‘शरणका लागि युरोपियन युनियन एजेन्सी (ईयूएए)’ले जनाएको छ।

बंगलादेशमा साम्प्रदायिक द्वन्द्वको सम्भावना ?

बंगलादेशका अल्पसंख्यकले असुरक्षित महशुस गरिरहेका बेला भ्रामक र अतिरञ्जित सूचना फैलिँदा दुई समुदायबीच टकरावको स्थिति आउन सक्ने विज्ञहरू बताउँछन्। यस्तो अवस्थामा साम्प्रदायिक हिंसा भड्किने सम्भावना उच्च रहने उनीहरूको भनाइ छ। परराष्ट्रविद सुवेदी बंगलादेशमा साम्प्रदायिक द्वन्द्वको उच्च सम्भावना रहेको बताउँछन्।

भन्छन्, ‘बंगलादेशमा साम्प्रदायिक द्वन्द्वको उच्च सम्भावना देखिएको छ। त्यहाँको सरकार र आर्मीले नियन्त्रण गर्ने भनिरहेका छन्। तर पनि, त्यहाँ खौफको वातावरण कायमै छ।’

आफूलाई उदार भन्‍ने एकथरिले जसले हिंसा गर्छ, उसलाई संरक्षण र जो हिंसामा परेको छ त्यसको विषयमा बोल्दै नबोल्ने गरेको उनको आरोप छ। हिन्दूहरूले दक्षिण एसियामा ‘मेजोरिटीमा छन्’ भनेर जहिल्यै अन्याय सहनुपर्ने वातावरण बनेको उनी बताउँछन्। भन्छन्, ‘भिक्टिम कार्ड खेलिरहेका छन्। भारतमा पनि त्यस्तै छ। नेपालमा पनि त्यो वातावरण तुरुन्तै आउँदैछ। अहिलेसम्म आइसकेको छैन।

त्यसका लागि पूर्वाधार तयार भइरहेका छन्।’

भारतबाट एकजना मुस्लिम पनि साम्प्रदायिक हिंसाको कारणले अन्यत्र शरणार्थी बनेर जानु नपरेको उनको तर्क छ। भन्छन्, ‘तर पनि, भेटभाव हुन्छ भनेर कराएको कराएकै गर्छन्। नेपालकै पनि कम्युनिस्ट र उदार भन्‍नेहरू पनि कराउँछन्। अफगानिस्तानमा हिन्दूहरूको सफाया नै भयो, बंगलादेशमा त्यत्रो हिंसा हुन्छ, चुप लागेर बस्छन्। यस्तो आत्मघाती सोच कसरी आउँछ होला यिनीहरूलाई ?’

नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा पनि आफ्नो गम्भीर असहमति रहेको सुवेदी बताउँछन्। सरकारको वक्तव्यले शेख हसिना विस्थापित हुनुभन्दा अगाडिको हिंसालाई मात्र पहिचान गरेको तर त्यसपछाडिको हिंसा र मन्दिरहरूमा भएका तोडफोडलाई पहिचान नगरेको उनी बताउँछन्।

नेपाली कांग्रेसले समेत अवामी लिगसँग ऐक्यबद्धता नजनाएको भन्दै उनी असन्तुष्टि जनाउँछन्। भन्छन्, ‘कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले समेत आफ्नो ध्यानाकर्षण गरेन। अवामी लिगसँग ऐक्यबद्धता जनाएन। जब कि, कांग्रेसका संस्थापक बीपी कोइरालाको बंगलादेशका शेख मुजिबुर रहमानसँग घनिष्ट सम्बन्ध थियो।’

भन्छन्, ‘बरु भारतमा कांग्रेसले हिन्दूमाथि भएका हिंसालाई निन्दा गर्दै वक्तव्य जारी गर्‍यो। शेख हसिनालाई सोनिया, राहुल, प्रियंका गान्धी सबैले भेट गरे। नेपालबाट भने केही रेस्पोन्स भएन।’

बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.