• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

अनियमित महिनावारीले ल्याउन सक्छ स्वास्थ्य जटिलता


    Avatar photo
सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित

काठमाडौं- सामान्यतयाः महिनावारीलाई २८ दिनको मासिक चक्र मानिन्छ। यदि कुनै महिलामा पछिल्लोपटक महिनावारी भएको ६ सातादेखि सोही क्रम पुनः नदोहोरिएको अवस्थामा भने त्यसलाई चिकित्सा क्षेत्रअन्तर्गत ‘मिस पिरियड’ अर्थात् अनियमित महिनावारी संज्ञा दिइन्छ।

Advertisement

हरेक महिलामा यो चक्र दोहोरिन्छ भन्‍न सकिँदैन। विभिन्‍न कारणले महिलाहरूमा अनियमित महिनावारी हुने गर्छ। कोही महिला ३-४ महिनाको फरकमा महिनावारी हुन्छन् भने कसै-कसैमा वर्षदिनभन्दा बढी भइसक्दा पनि महिनावारी भएको पाइँदैन।

अनियमित महिनावारी जुनसुकै उमेर समूहका महिलाहरूमा पनि हुन सक्छ। किशोरावस्थाबाटै पनि महिलामा अनियमित महिनावारी हुन सक्छ। शरीरमा हार्मोनको सन्तुलन नमिलेकै कारण किशोरावस्था भएका महिलामा अनियमित महिनावारीको समस्या देखापर्न थाल्छ।

महिनावारी अनियमिता आएमा हेलचेक्र्याइँ गरेर बस्‍नु हुँदैन। महिनावारी अनियमित हुने विभिन्‍न कारण हुन्छन्। के कारणले महिनावारी अनियमित भएको हो भन्‍ने जाँच गराउन आवश्यक छ।

रगतमा डिसअर्डर भएमा पनि अनियमित महिनावारी हुन थाल्छ। बच्चालाई जन्म दिएका महिलाले शिशूलाई स्तनपान गराउँदा पनि केही महिना महिनावारी रोकिन्छ। तर, जब महिला शिशूलाई जन्मदिएको ५-७ महिनापछि पहिलो महिनावारी हुन्छिन्, त्यतिबेला अन्य समयभन्दा बढी रगत बग्‍न थाल्छ। किनभने, त्यो समयमा पाठेघरको लाइनिङ मोटो भएको हुन्छ। त्यसकारण पनि बच्चा जन्मिएको केही महिनापछिको पहिलो महिनावारीमा बढी रगत बग्‍ने गर्छ।

प्रायः ४० कटिसकेका महिलाहरूमा अनियमित महिनावारीको समस्या देखापर्न थाल्छ।  त्यो समयमा हाम्रो शरीरको हार्मोनहरूको समाप्ति हुँदै जान्छ। यसमा पनि सबै महिलाको शरीरको हार्मोन स्ट्याटस एकनासको हुन्छ भन्‍ने हुँदैन। वंशाणुगत हिसाबले कसैको महिनावारी चाँडै त कसैको ढिलो सुक्ने सुक्छ।

महिनावारी सुकेपछि भिडियो एक्सरे थाइराइडको जाँच गर्नु आवश्यक छ।

पोलिस्टिक ओभरी, हार्मोनल गर्भनिरोधक औषधि सेवन, थाइराइड, पाठेघरमा मासु पलाउनु, तनाव, तौल बढ्नु वा घट्नु र रगतसम्बन्धी रोगका कारणले अनियमित महिनावारी हुने गर्छ।

पछिल्लो समय अविवाहित महिलाहरूमा पनि अनियमित महिनावारीको समस्या बढ्दै गएको छ। यसको मुख्य कारण पोलिस्टिक ओभरी हो। पोलिस्टिक ओभरी भनेको डिम्बासयमा स-साना पानीका फोकाहरू जम्मा हुनु हो।

त्यस्तो अवस्थाले कुनै हार्मोन ज्यादा त कुनै कम उत्पादन गराउँछ। हार्मोनको रेसियोमा तलमाथि हुने भएकाले नै अविवाहित महिलाहरूमा अनियमित महिनावारी हुने गर्छ। यति मात्रै होइन, थाइराइडमा गडबडी भएको अवस्थामा पनि महिनावारीमा अनियमितता आउँछ।

महिनावारी अनियमित हुँदा महिलामा अन्य प्रकारका स्वास्थ्य समस्या पनि देखिन्छन्। पोलिस्टिक ओभरीहरू छन् भने हार्मोनल फंक्सनहरू सबै अर्डर भएको हुन्छ, जसले मानिसको तौल बढाउने वा घटाउने काम गर्छ।

धेरै मोटा महिलाहरू छन् भने आफ्नै शरीरको कारणले महिनावारीमा गडबडी हुने गर्छ। पोलिस्टिक ओभरी भएका महिलाहरूमा डाइबिटिज हुने समस्या पनि देखापर्छ।

नियमित महिनावारीका लागि के गर्ने ?

मोटोपन पनि अनियमित महिनावारीको कारक तत्त्व भएकाले मोटापना भएका महिलाहरूले शारीरिक व्यायाममार्फत तौल घटाउन आवश्यक छ। साथै, सन्तुलित खानपानमा विशेष ध्यान दिनुपर्छ।

महिनावारी अनियमित भएमा औषधि सेवनबाट पनि नियमित गराउन सकिन्छ। अस्पताल आई जाँच गराएमा चिकित्सकले नियमित महिनावारीका लागि औषधि दिने गर्छन्। ती औषधिले हार्मोनलाई रेगुलर बनाइदिन्छन्।

अनियमित महिनावारीले महिलाहरूमा मानसिक तनाब बढाउँछ। कतिपय अवस्थामा अनियमित महिनावारी समस्या भएका महिलामा सन्तान जन्माउन गाह्रो हुनसक्ने भएकाले यसलाई बेवास्ता गर्नु हुँदैन।

सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.