Advertisement
भारतमा दुई सातामा १२औँ पटक पेट्रोलियम पदार्थको मूल्य बढेको छ। सोमबार मात्र पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ४० पैसा बढोत्तरी भएको छ।
दुई सातायता पेट्रोल र डिजेलको कुल मूल्यवृद्धि आठ रुपैयाँ ४० पैसा प्रतिलिटर भइसकेको छ। सरकारी तेल कम्पनीहरूद्वारा जारी सूचनाअनुसार दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९४ रुपैयाँ ६७ पैसा प्रतिलिटरबाट बढेर ९५ रुपैयाँ सात पैसा पुगेको छ।
भारतमा पेट्रोल र डिजेलको मूल्य केन्द्र र राज्य सरकारका अलग–अलग करका आधारमा तय हुन्छ। हरेक राज्यमा पेट्रोलियम पदार्थमा करको दर फरक छ। सोही आधारमा राज्यअनुसार मूल्य पनि कम–बेसी हुने गर्छ।
साढे चार महिनापछि २२ मार्चमा पहिलोपटक पेट्रोलियम पदार्थको मूल्य बढेको थियो। र, त्यसयता सोमबारसम्म १२औँ पटक मूल्यवृद्धि भएको छ।