• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

नेपाल पर्यटन बोर्ड सुदुरपश्चिम प्रादेशिक कार्यालय बन्द, कर्मचारीको बिचल्ली


बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित

सुदुरपश्चिम- आजभन्दा २९ महिना अघि बडो तामझामका साथ उदघाटन गरिएको नेपाल पर्यटन बोर्डको प्रादेशिक कार्यालय बन्द भएको छ । कार्यालय बन्द भएसंगै त्यहाँ कार्यरत कर्मचारीहरुलाई कुनै सेवा सुबिधा समेत नदिई निकालिएको छ ।

Advertisement

जिल्ला समन्वय समिती कैलालीले धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरेको उक्त भवनमा उपमहानगरपालिकाले साउन ७ गतेदेखि ताला लगाएपछि कार्यालय बन्द भएको हो ।

जिल्ला समन्वय समिती कैलालीले त्यतिबेला निशुल्क रुपमा उपलब्ध गराएको धनगढी उपमहानगरपालिकासंगै रहेको भवनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले २०७८ पौष ५ गते नेपाल पर्यटन बोर्ड सुदुरपश्चिम प्रादेशिक कार्यालयको उदघाटन गरेका थिए ।

पर्यटन प्रबर्द्धन गर्ने भन्दै तत्कालका लागि बोर्डमा एक प्रबन्धक र अधिकृतस्तरको कर्मचारी खटाइएको र आवश्यकता अनुसार बजेट र कर्मचारीको व्यवस्था गरिने बताइएपनी अहिलेसम्म कुनै कर्मचारी, सेवा सुबिधा मात्रै हैन कार्यालयले नै बैधानिकता नपाउदै बन्द भएको छ ।

कार्यालयको उदघाटन गर्दै तत्कालीन मन्त्री आलेले यसअघि लुम्बिनी प्रदेशको नेपालगन्जमा रहेको क्षेत्रीय सम्पर्क कार्यालयले सुदूरपश्चिममा समेत बोर्डको कामकारबाही हेर्ने गरेको बताउदै त्यसको अन्त्य हुने बताएका थिए ।

कार्यालय बन्द भएपछि नहुँदा बोर्डले गर्ने पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू सुदूरपश्चिममा हुन नसकेको यहाँका पर्यटन व्यवसायीले गुनासो गर्दै आएका थिए। क्षेत्रीय कार्यालयको स्थापना हुने भएपछि पर्यटकीय क्षेत्रबारे सूचना दिने, प्रचारप्रसार गर्नेलगायत काम हुने अपेक्षा रहेको भएपनी अहिले आएर कार्यालय नै बन्द भएपछि पर्यटन गतिविधि नै शून्य हुने हो कि भन्ने चिन्ता लागेको नाटा सुदुरपश्चिमका अध्यक्ष पदम बिक्रम सिंहले बताए ।

तत्कालीन नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले मन्त्री आलेको लहडका कारण सुदुरपश्चिममा प्रादेशिक पर्यटन कार्यालय स्थापना गरिएको बताए । उनले आफू निलम्बनमा परेका बेला बोर्डको बैठकनै नडाकी मन्त्री आलेले स्थापना गरेको उक्त कार्यालयको बैधानिकता नै नरहेको जिकिर गरेका थिए ।

यता कार्यालय सहयोगीको रुपमा काम गर्दै आइरहेकी जानकी थापा र शिवकुमार रानाले न त सेवासुबिधा वाफत तलब नै पाए न त नियुक्ति पत्र नै । अचानक धनगढी उपमहानगरपालिकाले कार्यालय खाली गर्न भन्दै ताला लगाएपछी आफुहरु बिचल्लीमा परेको थापाले बताईन् ।

कार्यालय स्थापना भएदेखि नै आफू नियमित रुपमा कार्यालय आइरहेको र तलब उपलब्ध गराइदिन पटक(पटक पत्राचार गरेकोभएनी नपाएको बताउदै उनले पत्रको जवाफ समेत नपाएको प्रती दुखेसो पोखिन् ।

आफू कामको खोजिमा रहेको बेला तत्कालीन मन्त्रीले यहाँ काम गर्दैगर्नु भनेको बताउदै थापाले अहिले आएर मन्त्रीले समेत फोन उठाउन छोडेको बताइन । उनले मासिक पच्चीस हजारका दरले तलब दिने मौखिक रुपमा जानकारी गराएको भएपनी २९ महिनासम्म तलब नै नपाई कार्यालय बन्द हुँदा आफुहरु निकै समस्यामा परेको बताउदै आफुहरुले पाउनुपर्ने सेवा सुबिधा उपलब्ध गराइदिन पहल गरिदिन आग्रह गरिन् ।

बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
धार्मिक पर्यटनको गन्तव्य चुरियामाई
सवारी दुर्घटना चालकको मृत्यु
मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

भर्खरै

  • १.
    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

  • २.
    सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

  • ३.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • ४.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ५.
    सवारी दुर्घटना चालकको मृत्यु

  • ६.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • ७.
    सुनचाँदीको मूल्य घट्यो

  • ८.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.