• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

बालबालिकामा पनि मुटु रोग, कसरी बच्‍ने ?


    Avatar photo
बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित

काठमाडौं- मुटु रोग बालबालिकामा पनि हुन्छ भन्‍ने चेतनाको अभाव अनि रोग पहिचान गर्ने र उपचारमा दक्ष जनशक्ति एवं अस्पतालको अभावका कारण यसले बालबालिकाको ज्यानसमेत लिने गरेको छ।

Advertisement

समाजमा अझै मुटु रोग धनी, मोटा, पाका व्यक्तिहरूलाई मात्र हुन्छ भन्‍ने भ्रम छ। तर, बालबालिकालाई पनि मुटु रोग हुन्छ भन्‍नेबारे अझै धेरै अनभिज्ञ छन्। केही समययता बालबालिकामा मुटु रोग बढ्दो छ। प्रत्येक एक हजार जीवित नवजात शिशुमध्ये ८ देखि १० जनामा जन्मजात मुटु रोग हुने विभिन्‍न अध्ययनले देखाएका छन्।

नेपालमा पनि विगतभन्दा बालबालिकामा हुने मुटु रोगको प्रकोप बढ्दै गएको छ। बालबालिकामा दुई किसिमको मुटु रोग हुन्छ। पहिलो- जन्मजातै हुने मुटु रोग र दोस्रो- जन्मपछि हुने मुटु रोग।

जन्मजातै बालबालिकामा मुटु रोग हुनुका विभिन्‍न कारण हुन्छन्। तीमध्ये एक कारण आमा पनि हुन्। शिशु गर्भमा रहँदा आमालाई कुनै किसिमको भाइरल इन्फेक्सन भयो या आमाले धुम्रपान, मद्यपानलगायत विभिन्‍न औषधिको सेवन गरेमा बच्चा जन्मिनु अगावै मुटु रोग देखापर्न सक्छ। त्यसका अतिरिक्त बच्चाको जिनमा समस्या आयो भने बालबालिकामा मुटु रोग देखापर्छ।

जन्मजात मुटु रोगमा बालबालिकाको मुटुको माथिल्ला दुई कोठाबीचको भित्तामा प्वाल हुने वा पल्मोनरी भल्ब साँघुरो हुने समस्या देखापर्छ।

अर्कोे हो, बालबालिकामा जन्मपछि देखिने मुटु रोग। जसलाई मुटुको बाथ रोग पनि भनिन्छ। बालबालिका जन्मिसकेपछि धेरैजसोको घाँटीमा इन्फेक्सन हुन्छ। इन्फेक्सन विभिन्‍न ब्याक्टेरियाका कारण हुन सक्छ। तर, चेफ्टोफोकस नामक ब्याक्टेरियाको कारणले बालबालिकाको घाँटीमा इन्फेक्सन भयो भने रोग प्रतिरोधात्मक शक्ति अर्थात एन्टी बडीले त्यसविरुद्ध काम गर्छ। र, सोही एन्टी बडीले उक्त ब्याक्टेरियालाई निर्मुल पारिदिन्छ।

तर, कहिलेकाहीं त्यो एन्टी बडीले क्रस रियाक्ट गर्छ। त्यस क्रममा मुटुको भल्भ, ब्रेन र घुँडाको जोर्नीका टिस्युसँग क्रस रियाक्ट गरेर आफ्नै शरीरलाई घातक बनाउँछ। एन्टी बडीले क्रस रियाक्ट गर्‍यो भने बालबालिकामा बाथ मुटु रोग देखापर्न थाल्छ।

बालबालिकामा देखिने दुवै किसिमका मुटु रोग उत्तिकै खतरनाक छन्। तर, उपचारपछि दुवै किसिमको मुटु रोगलाई निको पार्न सकिन्छ। बालबालिकामा हुने मुटु रोगलाई पनि कार्डियोभास्कुलर पद्धतिद्वारा अप्रेसन गरी उपचार गर्न सकिन्छ भने कतिपय केसमा औषधिबाट पनि निको पार्न सकिन्छ।

जन्मपछि हुने मुटु रोगलाई पनि विभिन्‍न औषधि खुवाएर उपचार गरिन्छ। तर, रोग जटिल अवस्थामा पुगिसकेपछि भने कहिलेकाहीं मुटुको भल्ब नै परिवर्तन गर्नुपर्छ। भल्ब नै परिवर्तन नगरिएमा मुटु सुन्‍निएर हृदयाघात हुन सक्छ। त्यसैले त्यो अवस्था आउनु अगावै अप्रेसनद्वारा मुटुको भल्भ परिवर्तन गर्नु अत्यावश्यक हुन्छ।

यसको मतलव मुटु रोग देखिएका सबै बालबालिकाको अप्रेसन गर्नुपर्छ भन्‍ने होइन। प्रायः धेरै बालबालिकामा औषधिमार्फत नै यसलाई नियन्त्रण गर्न सकिन्छ। तर, औषधिबाट कन्ट्रोल सम्भव हुने केसहरूमा पनि बिरामीले औषधि नखाएर लापरवाही गर्‍यो भने शल्यक्रिया विधि अपनाउनुपर्छ।

जन्मजात हुने मुटु रोगमा सर्जिकल अप्रेसन गरिसकेपछि धेरैजसो केसमा बाचुन्जेल औषधि खानु पर्दैन। यस्तै, जन्मपछि देखापर्ने मुटु रोगमा पनि रोगको अवस्था हेरी क्राइटेरिया तोकिएको छ। कसैलाई ५, कसैलाई २० र कसै-कसैलाई ३०-४० वर्षको उमेरसम्म पनि औषधि खानुपर्ने हुन सक्छ।

अप्रेसनमार्फत मुटुको भल्भ परिवर्तन गर्दा पनि कसै-कसैलाई आजीवन औषधि चलाउनुपर्ने हुन सक्छ। अपे्रसनमार्फत भल्भ परिवर्तन नगरी मुटुको अवस्थालाई नियन्त्रणमा राख्‍नुपर्‍यो भने त्यो अवस्थामा पनि जिन्दगीभरि नै औषधि खानुपर्ने हुन सक्छ।

अस्पतालमा आएका बिरामीहरूलाई आधार मान्दा नेपालमा बालबालिकामा दुवै किसिमको मुटु रोग उस्तै-उस्तै अनुपातमा रहेको देखिन्छ।

(बी एन्ड बी अस्पतालका सिनियर कन्सलट्यान्ट कार्डियोलोजी डा. श्रेष्‍ठसँग कुराकानीमा आधारित)

बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.