Advertisement
मनिष अर्याल
काठमाडौँ । व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी ठप्प बनाएसँगै काठमाडौँ उपत्यकासहितका जिल्लाहरूमा पेट्रोल पम्पहरूमा तेल भर्नेको भिड बढेको छ ।
पेट्रोलियम पदार्थको अभाव चर्किने र मूल्य बढ्ने आशंकाका बीच शुक्रबारदेखि पेट्रोल पम्पहरूमा सवारीको लाइनहरु लागेको हो ।

नेपाल आयल निगमसँग कमिसन बढाउनु पर्नेसहित विभिन्न माग राख्दै आन्दोलित व्यवसायीले पेट्रोलियम पदार्थ उठाउन छाडेका छन् ।
यसैबीच शुक्रबार भारतीय आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलिय पदार्थको नयाँ मूल्य सूची पठाएको छ । जसअनुसार पेट्रोलमा प्रतिलिटर २७ रुपैयाँ घाटा कायम रहेको निगमले जनाएको छ ।







