काठमाडौँ । विराटनगरस्थित नोबेल अस्पतालमा डाक्टर विजय यादव मृत फेला परेका छन् । सप्तरीको राजविराज घर भएका उनी नोबेल अस्पतालमा कार्यरत थिए ।
Advertisement
२८ वर्षीय डा. विजय यादव आज बिहान अस्पताल अगाडि मृत भेटिएका हुन् । एमबीबीएस डाक्टर उनी सो अस्पतालमा तीन वर्षदेखि कार्यरत थिए ।
अर्थोपेडिक वार्डमा कार्यरत उनले बंगलादेशबाट एमबीबीएस गरेका थिए । मृतकका आफन्तले डाक्टरको हत्या भएको भन्दै घटनामा संलग्नलाई कारबाही गर्नु पर्ने माग राखेको छ ।