काठमाडौँ । भारत भ्रमणमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम रहेको छ ।
Advertisement
प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको हो ।
भेटवार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेलको उद्घाटन गर्ने भएको छ । नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दा बढी स्वास्थ्य चौकीको संयुक्त उद्घाटन हुनेछ ।
भेटवार्ता र उद्घाटनको काम सकिएपछि दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा पत्रकारलाई सम्बोधन गर्ने भएका छन् ।