कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । एमाले काँग्रेस गठबन्धनबाट आइतवार मुख्यमन्त्री नियुक्त भएका शाहलाई प्रदेश प्रमुख नाजिर मियाले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्।
दोस्रो पटक मुख्यमन्त्री बनेका शाहले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन । सात सदस्यीय मन्त्रिपरिषदमा काँग्रेसलाई मुख्यमन्त्रीसहित तीन, एमालेलाई ३ र नागरिक उन्मुक्ति पार्टीलाई एउटा मन्त्रालय दिइएको छ ।
एमालेले भने पुरानैलाई मन्त्रीमा दोहर्याएको छ । एमालेबाट अर्थिक मामिला तथा कानुन मन्त्रीमा सुरेन्द्र पाल, भौतिक पुर्वाधारमन्त्रीमा बिर बहादुर थापा र आन्तरिक मामिला मन्त्रीमा हिरा सार्की नियुक्त भएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसबाट सामाजिक बिकास मन्त्रीमा मेघराज खड्का र आर्थिक मामिला मन्त्रीमा बहादुर सिंह थापा मन्त्री नियुक्ति भएका छन् ।
त्यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण किशोर चौधरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्ति भएका छन् ।
यसैगरी नेपाली कांग्रेसबाट प्रकाश बहादुर बम आर्थिक मामिला राज्यमन्त्री र सरस्वती खडका सामाजिक बिकास राज्यमन्त्रीमा नियुक्त भएकी छिन् । त्यसैगरी, एमालेबाट भौतिक पुर्वाधार राज्यमन्त्रीमा कमला साउद नियुक्त भएकी छिन् ।
नव नियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख नाजिर मियाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री शाहले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

