• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

मौलाउँदै नाबालिग वेश्यावृत्ति, टार्गेटमा कामको खोजीमा निस्केका अबोध किशोरीहरू !


सोमबार, साउन २१, २०८१ मा प्रकाशित

काठमाडौं- पछिल्लो समय काठमाडौंका शंकास्पद क्रियाकलाप भइरहेका होटेल र खाजाघरमा प्रहरीले छापा मार्ने क्रम निकै बढेको छ। प्रहरी प्रयासकै कारण त्यस्ता होटेल र खाजाघरमा वेश्यावृत्तिमा लगाइएका किशोरीहरूको धमाधम उद्धार भइरहेको छ।

Advertisement

त्यसको पछिल्लो उदाहरण हुन्, भक्तपुरबाट उद्धार गरिएका तीन किशोरीहरू। केही दिनअघि २४ असारमा मानव बेचबिखन अनुसन्धान ब्युरोले धेरै दिनको निगरानीपछि होटेलमा वेटरको बहाना बनाउँदै यौन धन्दामा लगाइएका तीन किशोरीलाई उद्धार गरेको थियो।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा-जडिबुटीमा सञ्चालित ‘होटल ढिँडो सर्भिस् एन्ड गेस्ट हाउस’मा आर्थिक अवस्था कमजोर रहेका परिवारका किशोरीहरूलाई राम्रो आम्दानी हुने वेटरको काम भन्दै प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाइँदै आएको सूचना प्रहरीले पाएको थियो।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले सोही सूचना पछ्याउँदै जाँदा २४ असारमा १५ देखि १७ वर्ष उमेर समूहका तीन किशोरीको उद्धार गरेको थियो। र, होटेलका सञ्चालक ३३ वर्षीय वीरबहादुर सिङ्तान र २५ वर्षीय सुबिलाल सिङ्तानलाई पक्राउ गरेको थियो। उद्धार गरिएका किशोरीहरू मध्ये एकलाई डेढ वर्ष, अर्कीलाई ६ महिना र अर्कीलाई डेढ महिनादेखि वेश्यावृत्तिमा लगाइएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

त्यसअघि पनि ब्युरोको टोलीले काठमाडौं उपत्यकाका धेरै होटेल, बार, रेस्टुराँ र खाजाघरमा छापा मारेर वेश्यावृत्तिमा लगाइएका किशोरीहरूको उद्धार गरेको थियो। तथापि, भक्तपुरमा चलाइएको अपरेसन अन्यत्रको भन्दा भिन्‍न रहेको ब्युरोका प्रवक्ता एसपी गौतम मिश्रको दाबी छ।

उनका अनुसार अन्यत्र पीडित र पीडक मात्र पक्राउ पर्थे। भक्तपुरमा भने होटेलभित्रै प्रयोग भइसकेका वा प्रयोग गर्न बाँकी कन्डोमहरू, गर्भनिरोधक चक्की, प्रेग्‍नेन्सी जाँच गर्ने किट पनि बरामद भएका छन्।

उनका अनुसार होटेलमा ८-१० वटा कोठा थिए। ती सबैमा खान बस्‍न टेबल र बेडको व्यवस्था थियो। उद्धार गरिएका तीनै किशोरी देखावटी रूपमा वेटर तर वास्तवमा यौन क्रियाकलापमा लगाइएका थिए। ती किशोरीहरूले होटेलमा आएका ग्राहकसँग शारीरिक सम्बन्ध राखेवापत जनही १ हजारदेखि ५ हजार रुपैयाँसम्म सञ्चालकले असुल गर्थे।

‘तीनै नाबालिकालाई शुरुमा वेटर र भाँडा माझ्ने काममा लगाएका थिए,’ एसपी मिश्र भन्छन्, ‘मासिक ८ हजार तलबसहित खान बस्‍न फ्री हुन्छ भनेका थिए। र, विस्तारै ललाई-फकाई र नमानेमा गुण्डागर्दी शैलीमा धम्क्याउँदै वेश्यावृत्तिमा लगाइएको थियो।’

होटेलमा खाना, नास्तामा आउने ग्राहकसँगै बस्दा उनीहरूले खाई बिल बढाइदिने भएकाले आम्दानी राम्रो हुन्थ्यो। पीडितमध्ये एक किशोरीले प्रहरीलाई दिएको बयानअनुसार त्यसरी आउने ग्राहकले शारीरिक सम्पर्क राख्‍न चाहेमा सञ्चालकहरूले रकम असुलेर यौन क्रियाकलापमा जान बाध्य बनाउँथे। त्यसरी ग्राहकसँग शारीरिक सम्पर्क राख्दा ग्राहकबाट लिएको १ हजार रुपैयाँमध्ये ५ सय आफूलाई दिने शर्त होटल सञ्चालकको थियो।

यौनजन्य क्रियाकलाप गर्दिनँ बरु अन्त काम गर्छु भन्दा बेइज्जत गरिदिन्छु भन्दै धम्क्याउने गरेको उनले प्रहरीलाई बयान दिएकी छन्। ‘शारीरिक सम्पर्क राख्दा केही हुँदैन। अस्थायी साधनको व्यवस्था छ। यदि गर्भ बसिहाल्यो भने पनि उपचारको व्यवस्था हामी नै गरिदिन्छौं भनी ललाई-फकाई गरेको’ उनले बताएकी छन्।

एसपी मिश्रका अनुसार त्यसरी वेश्यावृत्तिमा लगाइएका किशोरीहरूलाई शुरुमा होटेल सञ्चालकहरूले नै जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुलेको छ। यस्तै, एक ग्राहकवापत ५ सय दिने भन्दै दैनिक ती किशोरीहरूलाई ३ देखि १० जनासँग यौन सम्पर्क राख्‍न लगाइने गरेको खुलेको छ।

तीनै जनालाई होटेलको हलमा राखी  ग्राहकलाई छान्‍न लगाइने गरेको थियो। आफूले नमान्दा जबर्जस्ती मादक नसालु सेवन गराई ग्राहकले यौन सम्पर्क राख्‍ने गरेको पीडित किशोरीहरूले बताएका छन्। पीडितमध्येकी एक किशोरी भन्छिन्, ‘त्यसरी  नसालु पदार्थ सेवन गरेको अवस्थामा कतिजनाले शारीरिक सम्पर्क राख्थे भन्‍ने पनि ख्याल हुँदैनथ्यो। रजस्वला भएको समयमा पनि जबर्जस्ती सम्पर्क गर्न लगाइन्थ्यो।’

२४ असारमा ब्युरोको अपरेसनपछि उद्धार भई नरकबाट बाहिर निस्किन पाएकामा तीनैजना निकै खुशी छन्। हाल होटेलका दुवै सञ्चालकविरुद्ध प्रहरीले मानव बेचविखन तथा ओसारपसार मुद्दा चलाएको छ।

एसपी मिश्रका अनुसार किशोरीहरूलाई यौनजन्य क्रियाकलाप तथा वेश्यावृत्तिमा लगाइएका थुप्रै घटना सामुन्‍ने आएका छन्। ती गतिविधिविरुद्ध बेला-बेलामा अपरेसनहरू सञ्चालन गरिएको छ। भक्तपुरका दुवै होटेल सञ्चालकले प्रहरीलाई दुर्व्यवहार गर्दै भाग्‍ने प्रयास पनि गरेका थिए। दुवै गुण्डागर्दी प्रवृत्तिका छन्।

उनीहरू मध्ये एकजना वैदेशिक रोजगारमा छँदा लागूऔषध मुद्दामा करिब डेढ वर्ष जेल बसेको अनुसन्धानमा खुलेको छ। ‘छापा मार्न जाँदा होटेल आसपासका व्यक्तिहरूले पनि डन पारा देखाउने भएकाले त्रसित हुने गरेको प्रतिक्रिया दिइरहेका थिए,’ एसपी मिश्र भन्छन्, ‘उनीहरूले ती किशोरीलाई नसालु पदार्थ खुवाएर वेश्यावृत्तिमा लगाउने गरेको पनि खुलेको छ।’

एक वर्षमा ८१ किशोरीको उद्धार

एसपी मिश्रका अनुसार मानव बेचबिखन विदेशमा मात्र होइन, स्वदेशमा पनि उत्तिकै हुने गरेको पाइएको छ। देशभित्र मनोरञ्जनका क्षेत्रमा रोजगारी दिने भन्दै उमेर पुगेका या नपुगेका महिला र किशोरीहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाइने गरेको छ।

‘देशभित्र शुरुमा यौन पेशामा लगाइँदैन। पहिले जुन भनिएको हो, त्यही काममा लगाउने र विस्तारै लफाई-फकाई वा जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाउँछन्,’ एसपी मिश्र भन्छन्, ‘कतिपयले शुरुमा आफैंले यौन शोषण तथा जबर्जस्ती करणी गरेपछि ग्राहकबाट पैसा असुल गर्दै वेश्यावृत्तिमा लगाएको भेटिएको छ।’

उनका अनुसार गत आर्थिक वर्ष ०८०-८१ मा ब्युरोले होटेल, खाजाघर, स्पा, मसाज सेन्टर र रेस्टुराँ गरी १७ वटा अपरेसन चलाएको थियो। र, वेश्यावृत्तिमा लगाइएका ६३ जना किशोरीलाई उद्धार गरेको थियो। तीमध्ये ५१ जनालाई पुनःस्थापना केन्द्रमा पठाइएको थियो भने बाँकी १२ लाई आफन्तको जिम्मा लगाइएको थियो।

यस्तै, ब्युरोमा केही परिवारले आफ्नी छोरी बेपत्ता भएकाले खोजी गरिदिन निवेदन दिएका थिए। लिखित निवेदनका आधारमा खोजी गर्दै जाँदा १८ किशोरीलाई त्यसरी नै होटेल, बार तथा खाजाघरहरूमा वेश्यावृत्तिमा लगाइएको अवस्थामा उद्धार गरिएको थियो। कमजोर आर्थिक अवस्थाको परिवारमा जन्मेका उनीहरूलाई विभिन्‍न प्रलोभन र धम्की दिँदै वेश्यावृत्तिमा लगाइने गरेको अनुसन्धानमा खुलेको छ।

खासगरी, नयाँ बजार विस्तार भएका इलाकामा यो अपराध बढ्दो पाइएको एसपी मिश्र बताउँछन्।

ब्युरोको तथ्यांकअनुसार विगतभन्दा गत आर्थिक वर्षमा वेश्यावृत्तिमा लगाइएका किशोरीको उद्धार, त्यसविरुद्ध ब्युरोले चलाएको अपरेसन तथा मुद्दा संख्या बढेका छन्। उनका अनुसार पछिल्ला वर्षमा प्रहरी अझ धेरै सक्रिय भएको छ। र, जनचेतनाका कार्यक्रम पनि बढाइएको छ। सोही कारण यस्ता अपराधविरुद्ध उजुरी र सूचना आउने क्रम पनि बढेको छ।

नेपाल प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत देशभर ८ हजारभन्दा बढी जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ। तर, त्यो अझै अपुग रहेको विश्लेषण पनि प्रहरीको छ। स्थानीय तहहरूले यस्ता अपराधविरुद्ध प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता प्रहरीले औंल्याएको छ।

आफ्ना नागरिक कहाँ छन्, स्वदेश-विदेश कता गइरहेका छन् भनेर तथ्यांक र विवरण अद्यावधिक गर्ने प्रणाली पालिकाहरूले शुरु गर्नुपर्ने एसपी मिश्र बताउँछन्। र, विद्यालय तहको पाठ्क्रममा पनि बाल वेश्यावृत्तिविरुद्धका सामग्री राखियो भने नागरिकलाई यो विषयमा अझै सचेत बनाउन सकिने उनी बताउँछन्।

सोमबार, साउन २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

  • ३.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • ४.
    सुनचाँदीको मूल्य बढ्यो

  • ५.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ६.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ७.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ८.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.