काठमाडौँ । बिहीबार सुनको मूल्य सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन तोलामा ९८ हजार नौ सय रुपैयाँ कायम भएको जनाएको छ ।
Advertisement
यसअघि, बुधबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजावी सुनको मूल्य तोलामा ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । बुधबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।