काठमाडौँ । सरकारले तेजाब आक्रमण र यौन हिंसाविरुद्धको अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
Advertisement
सरकारले एसिड आक्रमण गर्नेलाई कडा कारबाही, पीडितको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न उक्त अध्यादेश ल्याउन लागेको जनाएको हो ।
मन्त्रिपरिषदको सिफारिसमा ती अध्यादेश राष्ट्रपतिबाट जारी हुने छन् ।