काठमाडौँ । सरकारले नेपाल प्रहरीका तीन डीआईजीलाई बढुवा गरेको छ । उनीहरूलाई एआईजीमा बढुवा गर्ने सरकारले निर्णय गरेको हो ।
Advertisement
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले डीआईजीहरू वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
यसअघिको मन्त्रिपरिषद बैठकले पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।