काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्री स्तरीय निर्णयबाट चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेका छन् ।
Advertisement
गृह मन्त्रालयले कपिलवस्तु, बर्दिया ,प्युठान र अर्घखाची जिल्लाको सिडिओ परिवर्तन गरेको हो । जसअनुसार कपिलवस्तुमा धबेन्द्र मिश्र, बर्दियामा बन्धु बास्तोला, प्युठानमा सुनिता नेपाल र अर्घखाचीमा शशीधर घिमिरे पठाइएको छ ।
आगामी वैशाख ३० गते स्थानीय निवार्चन हुने भएसँगै गृह मन्त्रालयले सिडिओ हेरफेर गर्दै आएको छ ।