• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

बलान नदी नियन्त्रणमा सघाउने प्रतिबद्धता


    Avatar photo
शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित

सिरहा- सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदी किनारमा तटबन्ध नहुँदा त्यस भेगका किसानको जमिन बर्सेनि कटानमा पर्दै आएको छ ।

Advertisement

मधेस प्रदेशसभाको प्राकृतिक स्रोत तथा वातावरण समिति र विकास समितिका सदस्यहरूले बिहीबार संयुक्त रूपमा उक्त क्षेत्रको निरीक्षण गरेका छन् । त्यस क्रममा उनीहरूले नदी नियन्त्रणका लागि सार्थक पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

बलान नदीले लहान–४ मा रहेको नयाँ बस्ती इस्लामपुर र सुन्दरपुर तथा लहान–२३ मा भएको कटानको प्रदेशसभाका सदस्य मनोजकुमार सिंह, ममता मण्डल, नुरुल निसा, सञ्जिला यादव र राजेन्द्रप्रसाद चौधरीले नदीकटान रोक्न प्रयत्न गर्ने प्रतिबद्धता जनाएका हुन् ।

यसअघि तत्कालीन मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवदेखि सङ्घीयमन्त्री तथा प्रदेशका मन्त्रीहरूले पटकपटक बलान नदीबाट भएको कटानको निरीक्षण गरे पनि समस्या समाधानका लागि ठोस प्रयास नगरेको गुनासो जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेशकुमार महतोले गरे ।

केही दिनअघि लहान–२३ मा बाढीले मात्रै तीन बिघा आँपबगैँचा कटान गरेको छ । यस वर्ष मधेस प्रदेश सरकारले रु ९५ लाख लागतमा दुई सय १५ मिटर र लहान नगरपालिकाले रु ५० लाख लागतमा सय मिटर तटबन्ध निर्माण गरे तापनि कटान रोकिएको छैन

उत्तर–दक्षिण भएर बग्ने बलान नदीले १५ वर्षअघि धार परिवर्तन गरी पूर्व–पश्चिम मोडिएर बस्तीतिर सोझिएपछि विपद् सुरु भएको पीडितहरू बताउँछन् । त्यसयता लहान नगरपालिका–३, ४, ५, ९, १०, १९ र २३, सखुवानन्कारकट्टी गाउँपालिका–३ र ४ तथा भगवानपुर गाउँपालिका–१, ३ र ४ वडाअन्तर्गतका कयौँ बस्ती बाढी, डुबान र कटानको उच्च जोखिममा रहेको सखुवानन्कारकट्टी गाउँपालिकाको–४ का हरिलाल यादवले बताए ।

उक्त नदीले बसनपुरमा २२ बिघा, कञ्चनपुर मौजीमा ५१ बिघा, सिम्राहा मौजीमा ८४ बिघा उर्वर खेत कटान गरिसकेको छ भने सयौँ बिघा नम्बरी जग्गा बगर बनेको छ ।

शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भर्खरै

  • १.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • २.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ३.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ४.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ६.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ७.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ८.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.