• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

फास्ट ट्रयाकको समग्र भौतिक प्रगति ३५.३८ प्रतिशत, ८५ पुलको ठेक्का


    Avatar photo
शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित

काठमाडौं- बहुप्रतिक्षित काठमाडौं-तराई मधेश द्रुत मार्गको समष्‍टिगत भौतिक प्रगति ३५.३८ प्रतिशत पुगेको छ। यस्तै, गत आर्थिक वर्षसम्म वित्तीय प्रगति मोबिलाइजेसनसहित ३६.६६ प्रतिशत रहेको सेनाले जनाएको छ।

Advertisement

आयोजनाको समष्‍टिगत कार्ययोजना मुताविकका १३ वटा निर्माण प्याकेजहरूमध्ये द्रुतमार्गको ६.५ किलोमिटरदेखि ७०.९७ किलोमिटरसम्मका प्याकेज १ देखि ७, ८क, ८ख, ९क, ९ख र १० गरी १२ वटा निर्माणाधीन छन्।

खरिद प्रक्रिया बाँकी रहेको प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना इलाकाको ० देखि ६.५ किलोमिटरमा द्रुतमार्गको शुरु विन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहणसम्बन्धी समस्या समाधानपछि खरिद प्रक्रिया शुरु गर्ने गरी तयारी रहेको सेनाले जनाएको छ। आयोजनाका ९५ प्रतिशत प्याकेजहरू कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको द्रुत मार्ग आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेल बताउँछन्।

मन्त्रिपरिषदबाट ३० साउन ०८० मा स्वीकृत आयोजनाको परिमार्जित डीपीआरअनुसार आयोजनाअन्तर्गत जम्मा ६ सुरुङमध्ये हाल ३ वटा निर्माणाधीन र ३ वटाको डिजाइन तथा पूर्वतयारी भइरहेको छ।

निर्माणाधीन निजगढ-काठमाडौंतर्फको महादेवटार सुरुङको लम्बाइ ३.३२२ किलोमिटरमध्ये हालसम्म २.०२९ किलोमिटर खन्‍ने काम सकिएको छ। र, काठमाडौं-निजगढतर्फको लम्बाइ ३.३८६ किलोमिटर सुरुङको २.२८८ किलोमिटर खन्‍ने काम सकिएर करिब १ किलोमिटर खन्‍न बाँकी रहेको आयोजना प्रमुख पोखरेल बताउँछन्। भन्छन्, ‘उक्त सुरुङ खन्‍ने कार्य यस वर्षभित्रै सम्पन्‍न गर्ने गरी रात्रिकालीन समयमा समेत काम भइरहेको छ।’

यस्तै, १.६५३ किलोमिटर लम्बाइको निजगढ-काठमाडौंतर्फको धेद्रे सुरुङको ११ जेठमा ब्रेक थू्र भइसकेको छ। १.७२८ किलोमिटर लम्बाइ रहेको काठमाडौं-निजगढतर्फको सुरुङको १.६४२ किलोमिटर खन्‍ने काम सकिएर यही साउनमा ब्रेक थ्रु गर्ने तयारी भइरहेको सेनाले जनाएको छ।

१.६१२ किलोमिटर लम्बाइ रहेको निजगढ-काठमाडौंतर्फको लेननडाँडा सुरुङको २० असारमा र १.६३३ किलोमिटर लम्बाइ रहेको काठमाडौं-निजगढतर्फको सुरुङको ४ जेठमा ब्रेक थ्रु भइसकेको छ। निर्माणाधीन तीन वटा सुरुङमार्गको जम्मा लम्बाई ६.६६९ किलोमिटरमध्ये हालसम्म ५.५२८ किलोमिटर अर्थात ८२.८९ प्रतिशत खन्‍ने काम सकिसकेको छ।

यस्तै, आयोजनाअन्तर्गतका ८९ स्थानका पुलहरूमध्ये हालसम्म ८५ स्थानका पुलको ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका र बाँकी पुलहरू जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको खोकना खण्डमा रहेकाले ढिलो भएको छ। निर्माणाधीन अधिकांश पुलहरूको फाउन्डेसनको काम सकिएर सुपर स्ट्रक्चरको काम भइरहेको छ। जसअन्तर्गत ८१ मिटर उचाइसम्म रहेका विभिन्‍न प्रकृतिका मेजर, माइनर र स्पेसल ब्रिजहरूको अपेक्षाकृत गतिमै भइरहेको आयोजनाका प्रमुख प्राविधिक सहायक रथी पोखरेल बताउँछन्। उनका अनुसार हालसम्म आयोजना अन्तर्गत ५ स्थानका पुल निर्माण सम्पन्‍न भइसकेको छ।

आयोजनाको स्वीकृत ईआईए तथा एसईआईए बमोजिम कुल अधिग्रहण गर्न आवश्यक करिब १७ हजार ६५१ रोपनी जग्गामध्ये व्यक्तिगत जग्गा ५ हजार ४८७ रोपनी छ। त्यसमध्ये हालसम्म ५ हजार २०४ रोपनी व्यक्तिगत जग्गा अधिग्रहणको लागि सूचना प्रकाशन भएकोमा ४ हजार ८११ रोपनी अधिग्रहण सम्पन्‍न भइसकेको छ। खोकना-बुङ्मती खण्डको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी २०६ रोपनी र मूल्य निर्धारण हुन बाँकी १६५ रोपनीसहित करिब ३७१ रोपनी जग्गा अधिग्रहण बाँकी छ। यस्तै, मकवानपुरमा १६ रोपनी र काठमाडौंमा ४ रोपनी जग्गा अधिग्रहण बाँकी रहेको उनले बताए।

आयोजनाको अर्को प्रमुख काम रुख कटान तथा वृक्षरोपण पनि हो। हालसम्म कटान गरिएका ३१ हजार ७४३ रुखको बदलामा रोप्‍नुपर्ने ७ लाख ४ हजार ४४० मध्ये ७ लाख ५ हजार ५५२ रुख रोप्‍ने काम सकिएको सेनाले जनाएको छ।

सरकारले २१ वैशाख ०७४ को मन्त्रिपरिषदको निर्णयअनुसार द्रुतमार्ग निर्माणको जिम्मा सेनालाई दिएको थियो। आयोजनाको १४ जेठ ०७४ मै तत्कालीन प्रधानमन्त्री पुष्‍पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गरेका थिए। सेनालाई भने २७ साउन ०७४ मा सडक विभागबाट हस्तान्तरण गरिएको थियो। सेनाले मंसिर ०७४ बाट फास्ट ट्रयाक निर्माण थालेको थियो।

अन्तर्राष्‍ट्रिय परामर्शदाता सुसङ इन्जिनियरिङ एन्ड कन्सल्टिङ फर्ममार्फत ५ चैत ०७५ मा आयोजनाको डीपीआर तयार भएकामा १ भदौ ०७६ मा नेपाल सरकारबाट डीपीआर स्वीकृत भएको थियो। २ जेठ ०७७ मा आयोजनाको आयोजनाको अन्तर्राष्‍ट्रिय परामर्शदाता कोरियाली कम्पनी एमएस यूसिन जेभीसँग सम्झौता भएको थियो।

३१ वैशाख ०७८ मा प्याकेज नम्बर १ र २ का निर्माण व्यवसायीसँग पहिलो आईसीबी सम्झौता भएकामा ३१ जेठबाट निर्माण प्रारम्भ भएको थियो। ५ वैशाख ०८० मा आयोजनाको समयावधि चैत मसान्त ०८३ सम्म थप गरिएको थियो भने ३० साउन ०८० मै नेपाल सरकार मन्त्रिपरिषदबाट आयोजनाको परिमार्जित डीपीआर स्वीकृत भएको थियो।

आयोजनाको परिमार्जित डीपीआर निम्‍नअनुसार छ

कुल लम्बाइः ७०.९७७ किलोमिटर

प्रस्थान विन्दुः खोकना

अन्तिम विन्दुः निजगढ

सडकको चौडाइः पहाडमा २५ मिटर र तराईमा २७ मिटर

आयोजनाको क्षेत्रः ललितपुर (९ किमि), काठमाडौं (४.६ किमि), मकवानपुर (४९.७७ किमि) र बारा (७.६ किमि)

सुरुङमार्ग संख्याः ६

सुरुङमार्गको जम्मा लम्बाईः १०.३०९ कि.मि – देवीचौर सुरुङ (१ किमि), सिसौटार सुरुङ (०.३९ कि.मि), चन्द्राम भीर सुरुङ (२.२५ किमि), महादेवडाँडा सुरुङ (३.३५५ किमि), धेद्रे सुरुङ (१.६९१ किमि), लेनडाँडा सुरुङ (१.६२३ किमि)

पुलहरूको संख्याः ८९ वटा (१२.८८५ किमि)

विश्रामस्थलको संख्याः २ (बुदुने)

इन्टरचेन्जको संख्याः ३ स्थान (खोकना, बुदुने र निजगढ)

टोल प्लाजाको संख्याः ३ स्थान (खोकना, बुदुने र निजगढ)

यो पनि पढ्नुहोस्

गेम चेन्जर फास्ट ट्र्याक !

शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.